बझाङका चार गाविसमा भोकमरी
मेलविसौना गाविसमा रहेको खाद्य डिपोमा चामल सकिएको दुई महिना नाघेका कारण यहाँका चार ओटा गाविस रिलु, काँडा, धमेना र मेलविसौनामा भोकमरीको सङ्कट पर्ने भएको छ ।
खाद्य संस्थानले मेलविसौना खाद्य डिपोमा चामल नपठाउँदा चामल किन्न आएका सर्वसाधारणहरू रित्तो हात घर फर्किनु पर्दा भोकमरी हुने भएको हो ।
जिल्ला खाद्य संस्थानको गोदाममा बङ्गलादेशी उसिना मोटो चामल विक्री नभएर थन्किरहेको समाचार सार्वजनिक भएकै बेला विकट गाविस मेलविसौना खाद्य डिपोमा भने चामलको अभाव भएको हो ।
खाद्य संस्थानले विक्री गर्ने अरूवा मोटो चामल सकिएको झण्डै दुई महिना हुँदासमेत चामल ढुवानी गर्न भने सरोकारवालाको ध्यान जान नसकेको स्थानीयको आरोप छ ।
'गाउँमा खानलाई चामल नपाएर भोकमरी फैलिने अवस्था छ ।'-मेलविसौना गाविसकी हरिना विकले भनिन्-'राज्यले तत्काल डिपोमा चामल पठाएर जनतालाई राहात दिनुपर्यो ।'
डिपोमा चामल सकिँदा रिलु, काँडा, धमेना र मेलविसौना गाविसका बासिन्दाहरू भोकमरीका चपेटामा परेका छन् ।
खाद्य संस्थानको गोदाममा नै अरूवा मोटो चामल सकिएको भन्दै खाद्य संस्थानका प्रमुख इश्वरीदत्त पाण्डेले भने-'गाउँघरका जनताको माग आएकाले चामल मगाउन पहल भइरहेको छ । चामल आउने बित्तिकै माग भएको डिपोमा चामल पठाउँछौं ।'
प्रकाश विक
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…