बजेट अभावका कारण ओसिएमसी व्यवस्थापनमा समस्या
सिन्धुली अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) बजेट अभावका कारण व्यवस्थापनमा समस्या भएको छ ।
ओसिएमसीलाई युएनएफपीएले अपनत्व लिन छाडेपछि आर्थिक संकट परेको हो । जसका कारण सेवाग्राहीलाई सेवा प्रदान गर्न समस्या भएको छ ।
ओसिएमसीका घटना व्यवस्थापक सुनिता शर्माले हिंसा पीडितलाई आवश्यक औषधि यातायातको व्यवस्थापन गर्नसमेत समस्या भएको बताउनु भयो । जिल्लाका नौ ओटा स्थानीय तहको साझेदारीमा केन्द्र सञ्चालन गर्ने भने पनि समयमा ओसिएमसीमा स्थानीय तहले बजेट हाल्न नसक्दा समस्या भएको उहाँको भनाइ रहेको छ । ओसिएमसीमा तीनजना कर्मचारी रहेकोमा ०८० फागुनदेखि पारिश्रमिकसमेत पाउन नसकेको उहाँको गुनासो रहेको छ ।
प्रमुख जिल्ला अधिकारी एवम् लैंगिक हिंसा व्यवस्थापन समन्वय समितिका अध्यक्ष भरत खनालले लैंगिक हिंसाका घटना व्यवस्थापनको जिम्मेवारी तीन ओटै तहका सरकारको भएको बताउँदै बजेट अभावले ओसिएमसीको काम रोकिन नहुने बताउनु भयो । उहाँले स्थानीय तहलाई समयमा बजेट निकासा गरिदिन र आगामी दिनका लागि बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।
चालु आर्थिक वर्षको ११ महिनामा जिल्लामा ३ सय ५४ लैंगिक हिंसाका घटना एकद्वार संकट व्यवस्थापन केन्द्रमा आएको जनाएको छ । एकद्वार संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव एवम सिन्धुली अस्पतालका निर्देशक डा. अभिशेक थपलियाले जिल्लामा सवैभन्दा बढी भावनात्मक तथा मानसिक हिंसामा परेकाहरूले सेवा लिएको बताउनु भयो । १ सय १७ जना मानसिक हिंसाबाट प्रभावित भएका छन् । १ सय ६ जना शारीरिक हिंसाबाट प्रभावित भएका छन । जिल्लामा स्रोत र सेवाबाट वञ्चित हुनेको संख्या ७१ रहेको थपलियाले बताउनु भयो । यसैगरी, बलत्कार र यौन दुर्व्यवहारबाट २८ जना पीडित भएका छन् ।
नबिनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…