बजेट अपुग भएपछि सुत्केरी महिला उत्प्रेरणा भत्ताबाट वञ्चित
बजेट अपुग भएको भन्दै जिल्लाको सर्केगाड गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूले सुत्केरी उत्प्रेरणा भत्ता वितरण नगर्दा एक वर्षयता स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिला उत्प्रेणा भत्ताको सुविधाबाट बञ्चित भएका छन् । एक वर्षयता सुत्केरी गराउने १ सय ५० जना महिला प्रसूति भत्ता पाउनबाट बन्चित भएका हुन् ।
सर्केगाड गाउँपालिका–४ मुण्डी गाउँकी सुनिता पालले आपूmले बच्चा जन्माएको एक वर्ष बितिसक्दा पनि भत्ता नपाएको बताइन् ।
नियम अनुसार हामी महिलाहरूले बर्थिङ सेन्टरमा बच्चा जन्माएपछि १ हजार ५ सय रुपियाँ प्रसूति भत्ता बापत पाउने व्यवस्था सरकारले गरेपनि आपूmले भत्ता नपाएको सुनिताको भनाई छ ।
सरकारले भत्ताको व्यवस्था गरेपछि पहाडी जिल्लामा समेत बर्थिङ सेन्टरमा गएर सुत्केरी गराउनेको सङ्ख्या बढेको छ । ‘तर, सरकारले तोके बमोजिम भत्ता नपाउँदा हामी सुत्केरी महिला निरास भएका छौँ ।’–सुनिताले भनिन् ।
बर्थिङ सेन्टरमा बच्चा जन्माएर प्रसूति भत्ता नपाएको गुनासो सोही गाउँपालिका–१ जैरीकी मन्दिरा बुढाको पनि रहेको छ । मन्दिरा भन्छिन्–‘कि भत्ताको व्यवस्था नगर्नु, गरेपछि सबैलाई पुग्ने व्यवस्था गर्नु ।’
बुढाले गत जेठमा बर्थिङ सेन्टरमा बच्चा जन्माएको भए पनि अझै प्रोत्साहन भत्ता नपाएको गुनासो व्यक्त गरिन् ।
आर्थिक वर्ष २०७४/०७५ मा धेरै महिलाहरू प्रसूति भत्ता पाउनबाट बन्चित भएको सर्केगाड गाउँपालिका स्वास्थ्य संयोजक सन्तोष धामी स्वीकार गर्छन् ।
गाउँपालिकाका पाँच ओटै बर्थिङ सेन्टरमा दुई सय जना महिलाहरूले बच्चा जन्माएकोमा ५० जनाले भत्ता पाएको र बाँकी १ सय ५० जना महिलाहरूले सो नपाएको बताए ।
केन्द्रबाट प्रसूति भत्ताका लागि २ लाख ५० हजार मात्र शर्सत बजेट आएको र बर्थिङ सेन्टरमा बच्चा जन्माउने संख्या बढि भएका कारण भत्ता नपुगेको धामीको भनाई छ ।
भत्ता अपुगको समस्याका बारे गाउँपालिकामा कुरा राख्दा समस्या समाधान गरौँला भनेको भए पनि हालसम्म व्यवस्था हुन नसकेको उनले बताए ।
गत बर्ष पनि यही प्रकारको समस्या रहेको तर यस वर्ष समस्या बढेको संयोजक धामीको भनाई छ । यस बर्ष सरकारले हिमाली क्षेत्रमा सुत्केरी प्रोत्साहन भत्ता दोब्बर गरेर तीन हजार पुर्याएको भएपनि बजेट भने पुग्दो नभएको धामीले बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले…
स्वास्थ्यकर्मीको लापरबाहीका कारण सीताको मृत्युभएको परिवारको आरोप
मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ । ०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…