बजेटमा मानव अधिकारः सामाजिक सुरक्षा भत्तामा बृद्धि, आधारभूत स्वास्थ्य सेवा निःशुल्क
सरकारले आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते संघीय संसदमा बजेट पेश गर्दै ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका, एकल महिला, लोपन्मुख आदिवासी जनजातिले पाउँदै आएको भत्ता बढाएर ३ हजार रुपियाँ पुर्याउने घोषणा गरे ।
जेठ १५ गते संघीय संसदमा १५ खर्ब ३२ अर्ब ९१ लाख रुपियाँको बजेट पेश गर्दा सामाजिक सुरक्षा भत्ता १ हजार रुपियाँ बढाइएको हो ।
अब ७० वर्ष उमेर पुगेका नागरिकले मासिक ३ हजार रुपियाँ ज्येष्ठ नागरिक भत्ता पाउनेछन् । यसबाट १३ लाख नागरिक लाभान्वित हुनेछन् ।
यस्तै असक्त, अपाङ्गता भएका, एकल महिला, लोपोन्मुख आदिवासी जनजातिले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता पनि १ हजार बढाइएको छ । यसबाट करिव ९ लाख नागरिकको जीवनयापन सहज हुने सरकारले विश्वास व्यक्त गरेको छ ।
झण्डै १३ लाख ज्येष्ठ नागरिक तथा ९ लाख अन्य, १ लाख १७ हजार ९५ आंशिक एवम् पूर्ण अशक्त तथा २४ हजार २ सय ४ लोपोन्मुख आदिवासी जनजाति गरी झण्डै २२ लाखले मासिक १ हजार थप सामाजिक सुरक्षा भत्ता पाउने छन् ।
आधारभुत स्वास्थ्य सेवा निःशुल्क
अर्थमन्त्री डा. युवराज खतिवडाले सबै नागरिकलाई स्वस्थ्य राख्ने गरी विशेष प्रथामिकताका साथ स्वास्थ्यमा बजेट विनियोजन गरेको बताएका छन् । उनले आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क र गुणस्तरीय बनाउने पनि घोषणा गरेका छन् ।
यसका लागि जिल्लामा स्वास्थ्य बिमा योजना सञ्चालनका लागि ६ अर्ब रुपियाँ विनियोजन गरिएको छ । सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने सरकारको योजना रहेको बजेटमार्फत जनाइएको छ ।
सरकारले बाल स्वास्थ्य तथा पोषण कार्यक्रमका लागि पनि ६ अर्ब रुपियाँ विनियोजन गरेको छ । सरकारले विपन्न नागरिकलाई आठ प्रकारका जटिल रोगको निशुल्क उपचार गर्ने पनि जनाएएको छ । जसका लागि अनुदानको बजेट बृद्धि गरी २ अर्ब २० करोड रुपियाँ पुर्याएको छ ।
क्षयरोग, एड्स तथा यौन रोग र कुष्ठरोग नियन्त्रण कार्यक्रमका लागि १ अर्ब ८२ करोड रुपियाँ विनियोजन गरेको छ ।
क्यान्सर, उच्च रक्तचाप र मधुमेह जस्ता रोगलाई प्रतिरोध तथा निदान कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको बताइएको छ ।
त्यस्तै, पश्चिम तराईमा स्वास्थ्य समस्याको रूपमा रहेको सिक्कल–सेल एनिमियाको रोकथामका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको छ ।
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मानव अंगको म्याचिङ टेष्ट स्थापना गर्न अनुदानको व्यवस्था गरेको बजेटमा उल्लेख छ ।
अब सार्वजनिक स्थलमा र सवारी साधनमा धुम्रपान र मध्यपान सेवन गर्नका लागि पनि निषेध गरिएको छ । टोलटोलमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिने पनि बताइएको छ ।
सबै स्थानीय तहमा स्वास्थ्य संस्था
स्वास्थ्य बिमाले समेट्ने आधारभूत उपचार सबै स्थानीय तहका स्वास्थ्य केन्द्रहरूबाट उपलब्ध गराइने बजेटमा उल्लेख छ ।
वडास्तरदेखि नै पूर्ण खोप सुनिश्चित गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गर्ने पनि सरकारले बताएको छ ।
स्थानीय तह, प्रदेश र विभिन्न सङ्घसंस्थासँग स्वास्थ्य सेवाका कार्यक्रमहरु साझेदारीमा सञ्चालन गर्न १ अर्ब रुपियाँ विनियोजन गरेको छ ।
स्थानीय तहका सबै वडामा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य संस्था निर्माण कार्य सुरु गर्नका लागि सरकारले ५ अर्ब रुपियाँ विनियोजन गरेको छ ।
स्वास्थ्य पूर्वाधार नभएका स्थानीय तहमा कम्तिमा एक प्राथमिक अस्पताल स्थापना गर्ने र सबै स्थानीय तहमा न्यूनतम एक चिकित्सक व्यवस्था गरिने भएको छ ।
बजेटमा प्राथमिक अस्पतालहरूमा टेलिमेडिसिन शिक्षा पद्धतिमार्फत २४ घण्टा नै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।
बजेटमा महिला स्वास्थ्य
गर्भवती जाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरुका लागि यातायात खर्चबापत सरकारले २ अर्ब २२ करोड रुपियाँ विनियोजन गरेको छ ।
आमा र बच्चाको पोषण सुनिश्चत गर्न गर्भावस्थादेखि नै प्रसूति सुरक्षा सेवा पु¥याइने बजेटमा उल्लेख छ ।
बजेटमा महिलामा बढिरहेको सर्भाइकल र स्तन क्यान्सरको निशुल्क स्वास्थ्य परीक्षण गर्ने उल्लेख गरिएको छ ।
सबै स्थानीय तहका स्वास्थ्य संस्थाबाट सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक बजेट विनियोजन गरेको बताइएको छ ।
त्यस्तै, मुलुकभरका करिब ५२ हजार महिला स्वास्थ्य स्वयम् सेविकालाई थप प्रोत्साहन गर्न यातायात खर्चस्वरुप वार्षिक ३ हजार रुपियाँ उपलब्ध गराउन १५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
१५ शौको प्राथमिक अस्पताल स्तरोन्नति गर्न १ अर्ब २६ करोड रुपियाँ विनियोजन गरिएको छ ।
सबै प्रदेशका कम्तीमा एक अस्पतालबाट विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने नीति अनुरुप कोशी, भरतपुर, नारायणी उपक्षेत्रीय अस्पताल, भेरी अञ्चल अस्पताल र डडेल्धुरा उपक्षेत्रीय अस्पतालको स्तरोन्नतिका लागि १ अर्ब रुपियाँ विनियोजन गरिएको छ ।
यस्तै सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत बजेटमा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड निशुल्क वितरण गर्ने घोषणा गरेको छ ।
बिमला पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…