बजेटको कमी छैन, संस्कारको कमी छः अध्यक्ष प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मधेसको विकासको लागि बजेटको कमी नभएर संस्कारको कमी भएको बताएका छन् ।
सिरहाको भलुवाहीमा भदौ ८ गते इन्सेकको साझेदार संस्था नेपाल अपाङ्ग समाजद्वारा आयोजित छलफल कार्यक्रममा अध्यक्ष प्याकुरेलले मधेसको विकासका लागि मात्रै सरकारले ३२ अर्व रुपियाँ विनियोजन गरेको बताए ।
'नागरिकलाई सही सूचना दिनु पर्छ तर सिस्टमको अभावमा जनता समक्ष सही सूचना पुग्दैन ।'-अध्यक्ष प्याकुरेलले भने । जसको लागि काम गर्ने हो उसैलाई सही सूचना नदिने कर्मचारीहरूलाई कारबाही गर्नुपर्नेमा अध्यक्ष प्याकुरेलले जोड दिए ।
उनले भने-'राज्यले बनाएका योजनाहरू लागु गर्न हामी तयार हुनुपर्छ । कुराकानी गर्न जाँगर लगाउनु पर्छ । खराब संस्कारको अन्त्य गरी असल संस्कारको विकास गर्नु पर्छ ।'
अब बन्ने गाउँपालिका पूर्ण अधिकार सम्पन्न स्थानीय संरचना हुने भएता पनि केही राजनीतिक पार्टीले केन्द्र प्रदेशको मातहतमा गाउँ पालिका रहनुपर्छ भनेर जनताको अधिकारलाई कुण्ठित पार्न खोजिएकोमा सजगता अपनाउन उनले आग्रह गरे ।
जागरण नेपालकी अध्यक्ष शर्मिला कार्कीले राज्यले नागरिकलाई मानव अधिकारको प्रत्याभूति दिलाउनुपर्ने बताइन् । राज्यको जिम्मेवारी नागरिकलाई सेवा सुविधा दिनु पर्ने भएकोले नागरिकको घर दैलोमा पुगेर सेवा दिन उनले सरकारसँग आग्रह गरिन् ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…