बजारबाट जफत गरिएका अखाद्य वस्तु नष्ट
जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जिल्लाका सदरमुकामसहित जिरिखिम्ती र बसन्तपुर पसलबाट जफत गरेको अखाद्य पदार्थ असोज १० गते जलाएर नष्ट गरेको छ ।
असोज ९ र १० गते बजार अनुगमनको क्रममा पसलेहरूले ग्राहकलाई बेच्न राखेका मध्ये म्याद गुज्रेका, कुहिएका, सडेगलेका खाद्य पदार्थ बजार अनुगमन टोलीले जफत गरेपछि नष्ट गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेत, राष्ट्रिय अनुसन्धान, उद्योग बाणिज्य सङ्घ र पत्रकारहरूको रोहवरमा ती अखाद्य वस्तु जलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बजार अनुगमनको क्रममा बिष्कुट, चाउचाउ, तेल, मसला र पेय प्रदार्थलगायतका सामग्री जफत गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बजारमा व्यापारीले मूल्य सूचीसमेत टाँस नगरेको पाइएकोले पहिलो पटक अखाद्य वस्तु विक्री नगर्न र मुल्य सूची टाँस गर्न निर्देशन गरेको बताएका छन् ।
भगिश्वर लिम्बु
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…