बङ्गलादेशले वैदेशिक सहायता रोक्ने गरी कानुन बनाएकोप्रति फोरम एशियाको चासो
मानव अधिकार र विकासका लागि एशियाली मञ्च (फोरम एशिया)ले वैदेशिक साहयता प्राप्त गर्न नमिल्ने गरी बङ्गलादेशले ल्याएको कानुनप्रति गम्भीर चासो व्यक्त गर्दै त्यसको विरोध गरेको छ ।
फोरम एशियाले कात्तिक ११ गते एक विज्ञप्ति जारी गर्दै हालै बङ्गलादेशले पारित गरेको उक्त कानुनले नागरिक समाजका गतिविधिलाई निस्तेज पार्ने बताउँदै सो प्रावधानलाई अविलम्ब हटाउन माग गरेको हो ।
वैदेशिक सहायता लिन नै नपाउने आशयका साथ ल्याइएको उक्त कानुनले विकासका गतिविधिलाई अवरोध पुर्याउने ठहर गर्दै यस्तो प्रावधानलाई तत्काल सच्याउन फोरम एशियाले मागसमेत गरेको छ ।
उक्त कानुनले बङ्गलादेशी संविधानमा भएको स्वतन्त्रतासम्बन्त्रधी प्रावधानकोसमेत उल्लङ्घन गर्ने फोरम एशियाले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…