बगानका मजदुरद्वारा राजपत्रमा उल्लेख गरिएको ज्याला नपाएको गुनासो
सरकारले नीजिकरण गरेका इलामका चार ओटा चिया बगानमा कार्यरत मजदुरहरूले राजपत्रमा प्रकाशित गरिएको दैनिक ज्याला पाउन नसकेका गुनासो गरेका छन् । चिया विकास निगम अन्तर्गतका कन्याम, इलाम, सोक्तिम र चिलिमकोट चिया बगानमा कार्यरत मजदुरहरूले राजपत्रमा प्रकाशित दैनिक ज्याला नपाएको गुनासो गरेका हुन् ।
बगान व्यवस्थापन पक्षले बगानमा कार्यरत मजदुरहरूलाई दैनिक २ सय १६ रुपियाँ दिँदै आएको छ । यस्तै कारखानाभित्र कार्यरत मजदुरहरूलाई २ सय २७ रुपैयाँ ज्याला दिने गरेको मजदुरहरू बताउँछन् ।
राजपत्रमा चिया बगानका मजदुरको दैनिक ज्याला २ सय २८ रुपियाँ तोकिएको छ भने कारखाना भित्र काम गर्ने मजदुरलाई दैनिक भत्ता ३० रुपियाँ थपेर २ सय ५८ रुपियाँ पुर्याइएको छ ।
मजदुरको मासिक ज्याला हाल ६ हजार ३ सय ७५ रुपियाँ छ । गत साउनदेखि ७ हजार ७५ रुपियाँ र दैनिक भत्ता २५ रुपियाँ वृद्धि भएको छ । तर, ०७३ साउनदेखि निगम अन्तर्गतका बगानमा कार्यरत मजदुरले दैनिक २ सय ६ रुपियाँमा बगान व्यवस्थापनले १० रुपियाँ मात्र थपेर दिएको २ सय १६ रुपियाँ ज्याला पाउँदै आएका छन् ।
व्यवस्थापन पक्षले बगान घाटामा रहेकाले तोकिएको ज्याला दिन नसक्ने बरु अवस्था हेरेर बढाउने बताउने गरेको मजदुर विमला मगरले बताइन् । 'झापाको वर्ने र टोकला कमानमा काम गर्नेहरूलाई त पुरै ज्याला दिन्छ अरे । कन्याम, इलाम, सोक्तिम र चिलिमकोटमा कार्यरत मजदुरलाई सरकारले तोकेकै ज्याला दिएको छैन ।'-उनले भनिन्-'दसैँ विदा, बिरामी विदा दिएपनि थप भत्ता दिँदैन । छोराछोरी, पढाउन, घर खर्च चलाउन धेरै मुस्किल छ ।'
दैनिक ज्यालामा 'ठग्दै' आएको व्यवस्थापनले उमेर हदका कारण अवकास पाएका र सट्टामा काम गर्ने छोराछोरी नभएका केही मजदुरहरुलाई उपदान र सञ्चय कोषको रकम नदिएको पनि मजदुरहरू बताउँछन् । बगानभित्रै धुरामा बसेका ती मजदुरहरूलाई व्यवस्थापन पक्षले धुरा बुझाउने सर्त राख्दै धुरा नबुझाएका मजदुरको उपदान र सञ्चयकोषको रकम रोक्का गरिदिएको मजदुरको भनाइ छ ।
कन्याम, चिलिमकोट, सोक्तिम र इलामसमेतमा गरी करिव १ हजार चिया मजदुरहरू कार्यरत रहेको अखिल नेपाल चिया मजदुर सङ्घले जनाएको छ ।
इलामका नीजि कारखानाहरूले भने तोकिए अनुसारको पुरा ज्याला दिने गरेको अखिल नेपाल चिया मजदुर सङ्घका अध्यक्ष उमेश रेग्मीले जानकारी दिए । नीजि कारखानाहरूले बगानमा दैनिक २ सय ५७ र कारखानामा काम गर्ने मजदुरलाई २ सय ५७ मा ३० रुपियाँ भत्ता थप गरि २ सय ८७ रुपियाँ दिने गरेको यहाँ कार्यरत मजदुरहरू बताउँछन् ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…