बकपत्रका लागि गङ्गामायाले अनसन तोडिन्
द्वन्द्वकालमा मारिएका आफ्ना छोराका हत्यारालाई सजायको मागसहित वीर अस्पतालको शैयामै आमरण अनसन बसेकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीले अनसन तोडेकी छन् ।
मृतक छोरा कृष्णप्रसादको हत्याका विषयमा चितवन जिल्ला अदालतले गङ्गामायाको साक्षी बकपत्र गराउने आदेश दिएपछि कानुनव्यवसायी र मानव अधिकारकर्मीको राय सल्लाहामा भदौ २७ गते साँझ उनले अनसन तोडेकी हुन् ।
‘हत्याका अभियुक्तविरुद्ध चलेको कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतले गम्भीरता देखाएर गङ्गामायाको बकपत्र गराउने आदेश दिएपछि आमरण अनसन तोड्नुभयो । उहाँले झोलिलो सुप पिएर अनसन तोड्नुभएको थियो ।’–अधिवक्ता ओमप्रकाश अर्यालले भने ।
न्यायाधीश टेकनारायण कुँवरको इजलासले अधिकारीलाई भेटेर बकपत्र गराउन भदौ २६ गते चितवन जिल्ला अदालतले आदेश दिएपछि उनले अनसन तोडेको अधिवक्ता अर्यालले इन्सेक अनलाइनलाई बताए ।
गोरखा जिल्ला फुजेल गाविस–७ घर भई चितवनको रत्ननगर नपा–१३ मा आफ्नो हजुर बुबालाई भेट गर्न आएका १७ वर्षीय कृष्णप्रसाद अधिकारीलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले ०६१ जेठ २४ गते निर्ममतापूर्वक हत्या गरेको आरोप छ ।
छोराको हत्यारालाई कारबाही गरी न्याय दिलाउन भन्दै गङ्गामाया र उनका पति नन्दप्रसाद अधिकारी अनसनमा थिए । अनसनमै रहँदा नन्दप्रसादको ०७१ असोज ६ गते वीर अस्पतालमा मृत्यु भएको थियो । अहिलेसम्म पनि उनको दाहसंस्कार गरिएको छैन । न्याय नपाएसम्म पतिको दाहसंस्कार नगर्ने गङ्गामायाको अडान छ ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…