फौजदारी मुद्दा मिलाउँदै न्यायिक समिति !
स्थानीय तहको न्यायिक समितिले स्थानीय रूपमा हुने गरेको फौजदारी प्रकृतिको बाहेक अन्य झैझगडा, मुद्दा मामला मिलाउने अधिकार दिए पनि सूर्यगढी गाउँपालिकामा फौजदारी प्रकृतिको मुद्दा पनि मिलाएको पाइएको छ ।
सूर्यगढी गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक मन्जु बुढाथोकीले एक जनाले बलात्कार गरी महिलालाई गर्भवती बनाएको घटना मिलाएकोमा गल्ती भएको घुमाउरो रूपमा बताइन् ।
घटना कहाँको कहिले भएको तथा पीडक र पीडित बारे सार्वजनिक गरिएको छैन । फागुन १४ गते गाउँपालिकामा आयोजित न्यायिक समिति र मेलमिलापकर्ताको अनुभव आदानप्रदान कार्यक्रममा संयोजक बुढाथोकीले आफूबाट एकपटक गल्ती भएको र बितिसकेको विषयलाई पत्रकारले बाहिर ल्याएको आरोप लगाइन् ।
‘भर्खरभर्खर आएका थियौँ । यो घटनालाई प्रहरीकोमा जाँदा लाज हुन्छ भन्न थाले । मिलाइदिनु भने । मैले मिलाइदिएँ ।’-उनले भनिन्-‘थाहा नभएर यस्तो भएको हो । अब त्यस्तो हुँदैन । हामी राजनीतिक पृष्ठभूमिबाट आएका हौँ । कानुन पढेर आएका होइनौँ । यस्तै कार्यक्रममा बोलेकी थिए । राष्ट्रियस्तरको रेडियोबाट बजाइदिएछन् ।’
उनले आफूले बोलेको कुरा प्रसारण गर्ने कि नगर्ने भनि नसोधी प्रसारण गरेको भन्दै सञ्चारकर्मीप्रति आक्रोश समेत पोखिन् । उनले आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने र फौजदारी प्रकृतिका उजुरी र झैझगडालाई कानुनी कारबाहीको लागि प्रहरी-अदालतमा पठाउने प्रतिबद्धता समेत जनाइन् ।
उनले न्यायिक समितिका संयोजकका जिम्मेवारी उपाध्यक्षहरूलाई दिइएकोमा न्याय सम्पादनको लागि पर्याप्त तालिमको आवश्यकता रहेको बताइन् ।
कानुनको जानकारीको अभावमा यस्ता भूलहरू अन्यत्र पनि भएका हुनसक्छन् । यस्तो हुन नदिन कानुनी विषयको तालिममा र कानुन जान्ने कर्मचारीको व्यवस्था गर्नु पर्ने समेत सहभागीहरूले बताएका थिए ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
मुस्ताङ मार्फाको तापक्रममा अस्वभाविक परिवर्तन !
हिमालपारीको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वभाविक परिवर्तन भएको पाइएको छ । गर्मी समयमा अधिक तापक्रम पुग्ने र चिसो…
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै !
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै गएको छ । जुम्लामा १७.९ प्रतिशत बालविवाह गरेका छन् । जसमा बालकको सङ्ख्या ८.६ र बालिकाको सङ्ख्या २६ प्रतिशत रहेको छ । हिमाली जिल्ला हुम्लामा…
समाचारको प्रभावः कोथपेका स्थानीयलाई आउजाउ गर्न र्याफ्टिङ
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको प्रयोग गरेको समाचार इन्सेक अनलाइनलगायतका…
भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्ली !
जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्लीमा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकारण व्यवस्थापन प्राधिकारणले पोर्टलमा अपुरो विवरण प्रविष्ट हुँदा…
द्वन्द्वले प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान हुँदै
बाँसगढी नगरपालिकाले सुरुवात गरेको द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान कार्य सकारात्मक भएको द्वन्द्वपीडित बाँसगढी नगरपालिका–६ की ४५ वर्षीय शारदा थारुको भनाइ रहेको छ । द्वन्द्वकालमा सरकारसँग…