फेसबुकमार्फत नेताहरुमाथि लाञ्छना नलगाउः आयोग
निर्वाचन आयोगले दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र ग्रुप तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
‘नो नट अगेन’ लगायतका नाममा बनेका फेसबुक ग्रुपमा शीर्ष नेतामाथि लाञ्छना लगाइएको भन्दै आयोगले यस्ता पेज र ग्रुप तत्काल हटाउन निर्देशन दिएको हो ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा यस्ता ग्रुपमार्फत गरिएको लाञ्छनायुक्त अभिव्यक्ति, भ्रामक र द्वेषपूर्ण श्रव्यदृश्य सामग्री विद्युतीय कारोबार ऐनको दफा ४७, निर्वाचन कसूर तथा सजाय ऐन २०७३ को दफा २३ अनुसार कसूर मानिने आयोगले सम्झाएको छ ।
यस्ता गतिविधि निर्वाचन आचारसंहिता विपरीत हुने पनि आयोगले कात्तिक ८ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा यस्तो कसूर गर्नेलाई १ लाख रुपियाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने पनि विज्ञप्तिमा उल्लेख छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…