फुपूको हत्या गरेको आरोपमा भदो गिरफ्तार
वागचौर नपा-३ की ६० वर्षीया फुपू टिकी वलीलाई लाठीले हिर्काएर हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय भदो भाइ दिपक भण्डारीलाई माघ २५ गते गिरफ्तार गरेको छ ।
घरमा रहेकी फुपूलाई माघ २५ गते लाठीले हिर्काइ हत्या गरी घरबाट करिब ३० मिटर टाढा खोल्सामा रूखका पातहरूले छोपेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले बताए ।
हत्याको कारण भने खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टम जिल्ला अस्पताल सल्यानमा माघ २६ गते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको टाउकोमा चोट लागेको र आँखा फुटेको थियो ।
मिना बुढाथोकी
सम्बन्धित समाचारहरू
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…
जातीय विभेद घटनाका आरोपितद्वय गिरफ्तार
मेचीनगर नगरपालिका-१० की ३६ वर्षीया रञ्जु विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । जातीय विभेद गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-१० की ४७ वर्षीया मैयाँ दाहाल…