फलामको मुस्ली प्रहार गरी बाबुको हत्या, घटनाका आरोपित गिरफ्तार

  ०७९ साउन १८ गते

छथर गाउँपालिका–५ ओख्रेका ५३ वर्षीय बाबु भक्तबहादुर भण्डारीलाई साउन १७ गते फलामको मुस्ली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २४ वर्षीय छोरा टङ्क भण्डारीलाई साउन १८ गते गिरफ्तार गरेको छ ।

घरायसी बिवादका क्रममा बाबुलाई फलामको मुस्ली प्रहार गरी हत्या गरेको आरोपमा छोराविरूद्ध साउन १८ गते छथर प्रहरी चौकीमा उजुरी दिएको आरोपितकी ५० वर्षीया आमाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

आरोपितविरूद्ध पीडित पक्षले साउन १८ गते प्रहरीमा उजुरी दिएपछि सोही दिन आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको छथर प्रहरी चौकीका सइ रामबहादुर प्रधानले बताउनु भयो ।

फलामको मुस्ली प्रहार गरी बुबाको हत्या गरेपछि घटनामा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहारी कार्यालयका इन्स्पेक्टर छे  फिन्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शवको पोष्टमार्टम साउन १८ गते धनकुटा अस्पतालमा गरिएको छ ।

सोही दिन पीडित पक्षले शव बुझी धनकुटा नगरपालिका–९ स्थित मुलघाटमा सद्गत गरेको छ ।


सुरेश खत्री