फर्जि मत खसेको भन्दै विवाद, दस घण्टादेखि मत गणना कार्य रोकियो

  ०७९ मङ्सिर ८ गते

मङ्सिर ७ गते साँझ ७ वजेदेखि सुरु भएको मत गणना कार्य स्थगित भएको छ । ताजाकोट गाउँपालिका वडा नम्बर १ देखि ५ र अदानचुली गाउपालिका–२ मतदान केन्द्रको मत गणना कार्य सकिएर अदनचुलि गाउँपालिका–१ स्थित जनकल्याण आधारभूत विद्यालय कल्के मतदान केन्द्रमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फको १३ र प्रदेशसभा सदस्यको १८ मत फर्जी खसेपछि मत गणना कार्य रोकिएको हो ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेस, माओबादी केन्द्र र नेकपा एमाले, राप्रपा, एकीकृत समाजबादि पार्टीविच विवाद हुँदा मत गणना रोकिएको सहायक निर्वाचन अधिकृत कमल कुमार आचार्यले बताउनु भएको छ ।

दस घण्टा रोकिएको मतगणना कार्य सुरु गर्नका लागि दुई पक्षविच सर्वदलिय बैठक बसेर छलफल मिले मात्र पुन मत गणना गर्ने आचार्यको भनाई छ ।

PhotoHumla20221124 (1)

PhotoHumla20221124 (2)

PhotoHumla20221124 (3)


नन्द सिंह