प्रोत्साहन भत्ता नपाएको सुत्केरी महिलाको गुनासो
गराइला गाविस-३ की २४ वर्षीया रिता ओलीले अस्पतालबाट पाउनु पर्ने सुत्केरी भत्ता नपाएको गुनासो गरेकी छन् ।
जिल्ला अस्पताल सल्लेमा साउन २४ गते सुत्केरी भएकी ओलीले सुत्केरी भत्ता नपाएको बताएकी हुन् । बजेटको अभावमा सुत्केरी महिलालाई प्रोत्साहन भत्ता दिन नसकिएको अस्पतालका निमित्त प्रमुख डा. मानबहादुर केसीले बताए ।
स्वास्थ्य केन्द्रमा पुगेर कम्तीमा चार पटक गर्भवती परीक्षण गराएका महिलाले एक हजार चार सय र गर्भवती परीक्षण नगराई अस्पतालमा बच्चा जन्माउने महिलाले एक हजार रूपियाँ पाउने नेपाल सरकारले व्यवस्था गरेको छ ।
जिल्ला अस्पताल सल्ले रूकुमको प्रसुति केन्द्रमा ०७३ साउन १ गतेबाट साउन २६ गतेसम्म ४९ जना आमाहरूले बच्चा जन्माएको अस्पतालले जानकारी दिएको छ । उनीहरू मध्ये ६ जना महिलालाई अस्पतालले वैकल्पिक व्यवस्था गरी प्रोत्साहन भत्ता उपलब्ध गराएको जिल्ला अस्पताल सल्ले रूकुमका निमित्त प्रमुख डा. केसीले बताए ।
उनका अनुसार मन्त्रालयबाट बजेट नआएकाले अरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन नसकिएको जनाए । उनले भने-'सापटी गरेर हामीले समस्या टार्ने प्रयत्न गरेका हौं ।' महिनामा सरदर जिल्ला अस्पताल सल्लेमा ५० देखि ६० जना बच्चाहरू जन्मने गर्छन ।
साउन महिनामा गाउँका प्रसुति केन्द्रमा बच्चा जन्माएका आमाहरूले पनि भत्ता पाएका छैनन् । गाउँमा मात्रै करिव ४० ओटा प्रसुति केन्द्रहरू छन् । सरकारले आमा र बच्चाको ज्यान जोगाउनका लागि गाउँ गाउँमा प्रसुति केन्द्रहरू स्थापना गरी सुरक्षित रूपमा बच्चा जन्माउने व्यवस्था मिलाएपछि यो सेवा लिनेहरू बढेका छन् ।
आदर्श केसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…