प्रेस काउन्सिलद्वारा सेतोपाटी अनलाइनलाई २४ घन्टे स्पष्टीकरण
०८० वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा मिडिया आचारसंहिताको उल्लङ्घन गरेको आरोपमा प्रेस काउन्सिल नेपालले सेतोपाटी अनलाइनलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
सेतोपाटीले अनलाइनले स्थलगत अध्ययनको दाबी सहित वैशाख ४ र ६ गते प्रतिनिधिसभा बारा निर्वाचन क्षेत्र नं. २ मा ‘जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव माथि जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाको अग्रता’ र तनहुँ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ‘राम्रो मतान्तरसहित जित्ने सम्भावना’ भन्दै समाचार प्रकाशन गरेको थियो ।
प्रेस काउन्सिलको स्पष्टीकरणमा भनिएको छ वैशाख ४ गते ‘यादवलाई बारामा पनि आच्छु आच्छु, कुशवाहको अग्रता’ शीर्षक र ‘तेस्रो स्थानको प्रतिस्पर्धामा रमेश खरेल’ उपशीर्षक तथा वैशाख ६ गते तनहुँ निर्वाचन क्षेत्र नं. १ मा 'राम्रो मतान्तरसहित स्वर्णिम वाग्लेले जित्ने सम्भावना' शीर्षक र ‘पहिले एमालेलाई मत दिएका आधा र कांग्रेसलाई मत दिएका ४० प्रतिशत मतदाता यसपाली स्वर्णिमतिर’ उपशीर्षकमा सेतोपाटी निर्वाचन विश्लेषण भनी सम्प्रेषण भएको सामग्रीप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण भएको छ ।
चुनावी विश्लेषणका नाममा उपनिर्वाचनका सन्दर्भमा कुनै राजनीतिक दलका उम्मेदवारको पक्ष र कुनै राजनीतिक दलका उम्मेदवारको विपक्षमा आचारसंहिता प्रतिकुल सामग्री के कसरी सम्प्रेषण हुन गएको हो भन्ने कुरा स्पष्टीकरणमा उल्लेख छ ।
पत्रकार आचारसंहिता २०७३, (पहिलो संसोधन, २०७६) को दफा ४ (६) मा पत्रकार तथा सञ्चार माध्यमले सत्य तथा सन्तुलित समाचार प्रकाशन गर्नुपर्ने स्पष्टीकरणमा उल्लेख छ ।
त्यस्तै निर्वाचन आचारसंहिता २०७९, को दफा २५ (ख) मा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन र प्रशारण गर्न नहुने र दफा ४ को (त ) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म परिणाम उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सन्दर्भमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने वा प्रकाशन गर्न नहुने उल्लेख छ ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…