प्रा डा केसीद्वारा ११औँ पटक आमरण अनशन सुरु
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले साउन ९ गते एघारौँ पटक आमरण अनशन थालेको राससले जनाएको छ ।
प्रा डा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डिन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै अनशन थालेका हुन् । शिक्षण अस्पताल महाराजगञ्जको गणेशमानसिंह भवनमा अनशन सुरु गरेका प्रा डा केसीले सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन गर्न असार ३१ गतेसम्मको समयावधि दिएका थिए ।
अनशन सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा उनले भने-'पटक पटक आश्वासन दिए पनि माग पूरा भएनन् । सत्याग्रह सुरु गर्न बाध्य भएँ ।' उनी संसद्मा रहेको चिकित्सा शिक्षा ऐन चाँडो पारित गर्नुपर्ने र चिकित्सा शिक्षा क्षेत्रका अनियमितता रोक्ने प्रमुख माग राख्दै पटकपटक अनशन बस्दै आएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…