प्राविधिकको अभावले पुनर्निर्माण कार्यमा ढिलाइ
प्राविधिकको अभावका कारणले भुकम्प गएको तीन वर्षबितिसक्दा पनि गोरखा जिल्लामा पुनःनिर्माणको काममा ढिलाइ भएको छ । ०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको कारण जिल्लाका १३ हजार २ सय ७२ घरधुरी पुर्ण क्षति भएका थिए ।
जिल्लामा ४० जना बढी प्राविधिकको आवश्यकता रहेकामा २५ जनामात्रै कार्यरत छन् । ०७५ सालको असार अन्तिमसम्म आइपुग्दा ३ हजार ३ सय ५० घरधुरीले मात्र दोस्रो किस्ता लिएको भूकम्प पुनःनिर्माणका जिल्ला फोकल पर्सन शिव रेग्मीले बताए । रेग्मीका अनुसार जिल्लामा आवश्यकताको तुलनामा प्राविधिक हुनाले पुनः निर्माणको कामले गति लिन सकेको छैन ।
भूकम्प पीडित दुधपोखरी गाउँपालिका-४ का ओमबहादुर गुरुङ पुनःनिर्माणको काम सकिँदा समेत प्राविधिकको अनुगमन र मूल्याङ्कन नगरिदिएकाले दोस्रो किस्ता नपाएको गुनासो गर्छन् । दुधपोखरी गाउँपालिकाको अध्यक्ष छुपिमायाँ गुरुङ दुधपोखरी गाउँपालिका भूकम्पको बढी प्रभावित भएको क्षेत्र भएपनि प्राविधिकहरू पर्याप्त नहुँदा निर्माणको कामले गति लिन नसकेको उनको भनाइ छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकाल जिल्लाको भौगोलिक विकटताको कारणले पनि पुनःनिर्माणको काम प्रभावित भएको बताउँछन् ।
दलबहादुर मजाकोटी
सम्बन्धित समाचारहरू
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का ६० वर्षीय गम्भिरे सार्कीलाई ०८१ चैत ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १५ गते बलात्कार…
मानव अधिकार उल्लङ्घनका तथ्याङ्कलाई विश्लेषणात्मक बनाउनुपर्नेमा जोडः अध्यक्ष डा. अर्याल
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको तथ्याङ्कलाई विश्लेषणात्मक रूपमा प्रस्तुत गर्नुपर्नेमा आवश्यकता रहेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भएको छ । इन्सेकद्वारा ०८१ चैत ८ गते चितवनमा आयोजित नेपाल…