प्रान्त र सिमाना निर्धारण वैज्ञानिक रूपमा हुनु पर्नेमा जोड
मधेशको समस्याको पहिचान र विश्लेषण गरी प्रान्त र सिमाना निर्धारण वैज्ञानिक रूपमा हुनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा माघ १७ गते जनकपुरमा आयोजित 'मधेशका मागहरूको विश्लेषणः प्रान्त, सिमा र स्वायतताको सवाल' विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सामर्थ्य र पहिचानसहित प्रान्तको सिमाङ्कन गर्न नसेकेकोले अहिलेको मुख्य समस्या देखिएको बताए ।
कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले मधेश भित्रका गरिब, दलित र राज्यमा पहुँच नभएका समुदायलाई समानुपातिक समावेशीको सिद्धान्तका आधारमा अगाडि ल्याउनु पर्ने बताए ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले इन्सेकले थालेको मधेश र देशको सवाल अभियानको यो यात्रा अहिले समसामयिक रहेको उल्लेख गर्दै वौद्धिक तहको यस कार्यक्रमले राज्यलाई समस्या समाधानका लागि दबाव सृजना गर्ने बताए ।
कार्यक्रममा नागरिक समाजका अगुवा मदन अधिकारीले मधेश र पहाडका आम नागरिकहरूको भावनात्मक सम्बन्धमा ठेस पुगेकोले सम्बन्ध सुधार गरिनु पर्ने बताए । मधेशका जायज मागहरूलाई सम्बोधन गरिनुपर्ने तथा आम जनताको भावनालाई कदर गरिनु पर्नेमा उनले जोड दिए ।
बरिष्ठ पत्रकार राजेश्वर नेपालीले मधेश र पहाडको फाटेको मन जुटाउनु पर्नेमा जोड दिँदै राष्ट्रिय एकताका सवालमा सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा डा. सुरेन्द्र भण्डारी, डा. राजेश अहिराज, डा. सुरेन्द्र लाभ, अधिवक्ता रेखा झा, युगलकिशोर लाल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष अनिल मिश्र, पत्रकार श्यामसुन्दर शशी, दलित अधिकारकर्मी चन्देश्वर दास, मुन्नी दासलगायतका वक्ताहरूले मधेश र पहाड भनेर विभाजनको मानसिकताबाट अलग हुनुपर्ने धारणा राखेका थिए ।
विनोदकुमार रविदास
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…