प्राध्यापक अभावमा सञ्चालन भएन प्रयोगात्मक कक्षा
धनकुटा बहुमुखी क्याम्पसमा बाहृ वर्षअघि सुरूआत गरिएको चार वर्षे बीएससी कक्षाका लागि प्राणी, रसायन, वनस्पतिशास्त्र र भौतिक विज्ञानमा कम्तीमा १६ जना प्राध्यापक आवश्यक पर्छ ।
तर, अहिले चार जना मात्र प्राध्यापक कार्यरत हुनुहुन्छ । जसले गर्दा प्रयोगात्मक कक्षाका लागि किनिएका महङ्गा उपकरण र सामग्री भएपनि विज्ञान प्रयोगशाला सञ्चालन हुन सकेको छैन् ।
प्राध्यापक नभएपछि राम्रोसँग कक्षा सञ्चालन नभएको र प्रयोगात्मक कक्षा समेत नभएको बिएससी दोस्रो वर्षमा अध्ययनरत श्रृष्टि कँडेलले बताउनु भयो । भौतिक विज्ञानको प्राध्यापक नै नहुँदा उक्त विषयको पढाइ नै नभएको गुनासो देवराज बुढाथोकीको छ ।
व्यवस्थापकीय कमजोरी र शैक्षिक गुणस्तर सुधारमा गरिएको वेवास्ताका कारण धनकुटा क्याम्पसमा विज्ञान विषयको कार्यक्रम कमजोर बनेको विद्यार्थीको आरोप छ ।
क्याम्पस प्रमुख होमबहादुर बस्नेतले भौतिक पूर्वाधार पर्याप्त भएपनि जनशक्तिको अभावले समस्या भएको बताउनु भयो । उहाँले भन्नुभयो- सबै इक्यूपमेण्ट पर्याप्त भएर संरचना राम्रो भएपनि पछिल्लो अवस्थामा प्रयोगात्मक कक्षा सञ्चालनमा समस्या छ, जनशक्ति त्रिवि सेवा आयोगबाट स्थायी नियुक्ति भएर नदिएका कारण समस्या भएको क्याम्पस प्रमुख बस्नेतको भनाइ छ । उहाँले अहिले भएका शिक्षक पनि आंशिक भएको र तीनै आंशिक शिक्षकबाट व्यवस्थापन गरिरहेको बताउनु भयो ।
विज्ञान विषय पढ्न चाहने पूर्वका हिमाली र पहाडी जिल्लाका विपन्न विद्यार्थीलाई लक्षित गरी धनकुटा बहुमुखी क्याम्पसले विज्ञान विषयको पढाइ थालनी गरेको थियो । विद्यार्थी आवास सुविधासहितको क्याम्पसमा चार वर्षे बिएसीका लागि जम्मा ८० हजार रुपियाँ तिरे पुग्छ । तर पढ्ने विद्यार्थी र पढाउने प्राध्यापक नहुँदा क्यानडा सरकारको सहयोगमा निर्मित भौतिक संरचना र महङ्गा उपकरणसमेत प्रयोगविहीन हुन पुगेका छन् ।
जसका कारण विज्ञान विषय पढ्न चाहने विद्यार्थी भने महङ्गो शुल्क तिरेर धरान, विराटनगर र काठमाडौंमा सञ्चालित विश्व विद्यालयमा धाउनुपर्ने अवस्था छ ।
कुनै समय पूर्वी नेपालको शैक्षिक केन्द्रका रूपमा स्थापित धनकुटा बहुमुखी क्याम्पस यतिखेर आफ्नो साख धान्नै हम्मे-हम्मे अवस्थामा पुगेको छ ।
डेढ दशक अघिसम्म झण्डै ५ हजार विद्यार्थी अध्ययन गर्ने क्याम्पसमा अहिले विद्यार्थी संख्या दिन प्रतिदिन घट्दो छ ।
शिक्षक अभाव भएर प्रयोगात्मक कक्षा नहुँदा विज्ञान विषयका कक्षाहरू त खाली हुने अवस्थामा पुगेका छन् ।
अहिले बिएससी पहिलो वर्षमा १३ र दोस्रो वर्षमा सात जना विद्यार्थी छन् । प्रयोगात्मक कक्षा नहुँदा तेस्रो र चौथो वर्षका कक्षामा विद्यार्थी छैनन् ।
तेस्रो र चौथो वर्षका विद्यार्थीले प्रयोगात्मक कक्षा नभएपछि अन्य क्याम्पसमा स्थानान्तरण भएर गएको क्याम्पसका विज्ञान विषयका सहायक क्याक्पस प्रमुख सूर्यदेवप्रसाद यादवले बताउनु भएको छ ।
ईश्वर थापा
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
देबाही गोनाही नगरपालिका–३ देबाही टोलका ७० वर्षीय कञ्चन बैठामाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका आरोपित निजका छोरा ३० वर्षीय रविन बैठाविरुद्ध प्रहरीले इलाका प्रहरी कार्यालय गरुडाम ०८१ मङ्सिर…
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…