प्रधानाध्यापक हत्या घटनाका आरोपित गिरफ्तार
कलैया उपमहानगरपालिका स्थित बाल एकता बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको ०८० कात्तिक १३ गते भएकाे हत्या घटनामा संलग्न हुन सक्ने आसङ्कामा भारत मोतिहारी जिल्ला छौडादानो पञ्चायत तिनकुनि का ३२ वर्षीय सुजित कुमार सिंहलाई ०८० पुस १० गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गिरफ्तार गरेको छ ।
बिश्रामपुर गाउँपालिका-३ स्थित डम्पिङ्ग साइटमा देखिएका आरोपितलाई सिंहलाई प्रहरीले गिरफ्तार गर्न खोज्दा प्रहरी माथि आक्रमण गरी भाग्न खोज्दा प्रहरीले सिंहलाई घुडामुनि गोली प्रहार गरेर नियन्त्रणमा लिएको थियो ।
घाइतेको उपचार प्रदेशिक अस्पताल कलैयामा भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेश काफ्लेले जानकारी दिनु भयो । आरोपित सार्प सुटर भएकाे र उनको साथबाट एक थान घरेलु हतियार, फायर भएको गोलीको खोका एक थान र गोली बरामद भएको एसपी काफ्ले बताउनु भयो । घटना बारे थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।
धिरेन्द्र प्रसाद बरै
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…