प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा औषधिको अभाव, बिरामी मार्कामा
औषधि आपूर्तिमा ढिलाइ हुँदा कञ्चनपुरका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दुई महिनादेखि औषधिको अभाव भएको छ ।
केन्द्र र क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि आपूर्ति नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध हुने औषधिको चरम अभाव भएको हो ।
औषधि अभाव भएपछि स्वास्थ्यकर्मीले उपचारका लागि पुगेका बिरामीलाई रित्तो हात फर्काउन थालेका छन् । खरिद प्रक्रिया रोकिँदा आपूर्तिमा समस्या भएर जिल्लाभरि नै औषधिको अभाव भएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका स्टोरकिपर पदमराज जोशीले बताए । सिटामोल, डाइजिन, मेट्रो, बी कम्प्लेक्स, जस्ता अत्यावश्यक औषधिकोसमेत अभाव रहेको जोशीले बताए ।
उपचारका लागि पिपलाडी स्वास्थ्य चौकी पुगेकी स्थानियबासी रमेश रानाले ज्वरोको औषधि सिटामोलसमेत नपाउँदा बाहिर गएर खरिद गर्न स्वास्थ्यकर्मीले पर्चामा लेखेर पठाएको बताए ।
स्वास्थ्य चौकीका प्रमुख तिर्थराज भट्टले स्वास्थ्य चौकीलाई निःशुल्क उपलब्ध हुने ३६ प्रकारका औषधिमध्ये चार/पाँच प्रकारका औषधि मात्रै उपलब्ध रहेको बताए ।
जिल्ला तहबाटै औषधि खरिदका लागि रु ४८ लाखमा टेन्डर आह्वान गरी घटाघटमा २२ लाख रुपियाँमा टेण्डर स्वीकृत भएकाले १०/१५ दिनभित्रै ४० प्रकारका औषधि स्वास्थ्य संस्थामा आपूर्तिको व्यवस्था मिलाउन लागेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले बताए ।
केन्द्र र क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि आपूर्ति नभएपछि जिल्लाबाटै औषधिको आपूर्ति गरिन लागेको उनको भनाइ छ ।
कोमलनिरन्जन भाट
सम्बन्धित समाचारहरू
गुल्मीको उपनिर्वाचनका मतदाता बढे, एकिकृत सुरक्षा योजना बन्दै
गुल्मीमा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मतदाता सङ्ख्या बढेको छ । ०७९ सालको तुलनामा झण्डै ३ सय मतदाता अहिले थपिएका छन् । मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुङ्ग्री गाउँपालिका–२ का २३ वर्षीय दिपक विकलाई प्रहरीले ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २६ गते बलात्कार गरेको…
बलात्कार गरेको कसुरमा जन्म कैदको फैसला
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५३ वर्षीय बुबालाई जन्म कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ कात्तिक २७ गतेको इजालसले कसुर ठहर गर्दै…
सिरिजङ्घा गाउँपालिका–३ मा महिला मतदाता कम
जिल्लामा रिक्त रहेको एक मात्र सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाको वडाध्यक्ष पदका लागि मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनमा कुल मतदाता एक हजार ५ सय २८ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ…
संक्रमणकालीन न्याय नागरिक निगरानी समितिद्वारा ध्यानाकर्षण
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति पारदर्शी र स्विकार्य हुनुपर्ने माग गर्दै संक्रमणकालीन न्याय नागरिक निगरानी समिति कोशी प्रदेशले जिल्ला प्रशासन कार्यालय…