प्रहरी हिरासत जीर्ण हुँदा थुनुवालाई बसोबासमा समस्या
जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासत निकै जीर्ण हुँदा थुनुवालाई बसोबासमा समस्या भएको छ । द्वन्द्वकालमा ध्वष्त भएको प्रहरीको हिरासत मर्मत गरी प्रयोगमा ल्याएपनि जीर्ण अवस्थामा रहँदा थुनुवाहरूलाई बसोबासमा समस्या भएको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदिलाल कामतिका अनुसार जिल्ला प्रहरी कार्यालयमा भौतिक संरचना अभाव छ । उहाँले भन्नुभयो - 'पुराना द्वन्द्वकालमा क्षतिग्रस्त भौतिक संरचनामै यहाँको प्रहरी र थुनुवा राख्नु पर्ने बाध्यता रहेको छ । जसोतसो काम चलाई रहेका छौँ ।'
यो कार्यालय पुर्ननिर्माणका लागि निर्माण थालिएको लामो समय भयो । तर मुद्दा परेपछि अहिले अलपत्र अवस्थामा रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो - 'अहिले जीर्ण हिरासत कक्ष १० जना महिला र १० जना पुरुष गरी २० जना क्षमताको मात्र रहेको छ ।'
हिरासत कक्ष साँघुरो भएकोले थुनुवालाई खाना खाने बेला बाहिर ल्याएर खुवाउने गरिएको उहाँले बताउनु भयो । अहिले हिरासत कक्षमा एक जना महिलासहित १० जना थुनुवा रहेका छन् । कार्यालयको भौतिक संरचना अभावका कारण जिल्ला प्रहरी कार्यालयका डिएसपीको कार्यकक्ष टहरामा रहेको छ ।
निर्माणाधीन कार्यालय छिटो निर्माण भएको भए कार्य सम्पादनमा सहज हुने अपेक्षा गरिएको डिएसपी कामतिको भनाइ छ । तर लामो समय भैसकेको र निर्माण हुने अवस्था नदेखिएको उहाँले बताउनु भयो ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…