प्रहरी हिरासतमा यातना दिएको पीडित पक्षको आरोप
मुखियापट्टी मुसहरनिया गाउँपालिका–१ का १८ वर्षीय धीरज यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा भदौ २३ गते राति प्रहरीले निर्घात रुपमा कुटपिट गरी यातना दिएको पीडित पक्षले आरोप लगाएको छ ।
भदौ १२ गते गाउँमा आयोजित सांस्कृतिक कार्यक्रममा दुई पक्षीय झडपको क्रममा धिरज यादवविरुद्ध सञ्जय साहले जिल्ला प्रहरी कार्यालय धनुषामा भदौ १३ गते अभद्र व्यवहार शीर्षकमा उजुरी दिनु भएको थियो ।
भदौ २३ गते गिरफ्तारीमा पर्नुभएका धीरजलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा भदौ २३ गते राति कुटपिट गरी यातना दिँदा घाइते भएको आरोप लगाइएको छ ।
घाइते धीरज यादवको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । अस्पताल भर्ना हुनुभएका पीडित धीरजको हात, गोडा र पैतालालगायत शरीरका विभिन्न अङ्गमा चोट लागेको छ ।
प्रहरीले गाउँमा सांस्कृतिक कार्यक्रम हुँदा दुई पक्षबिच भएको झडपका क्रममा संलग्न रहेको भन्दै धिरजसँगै मुखियापट्टी मुसहरनिया गाउँपालिकाका–१ का रामपुकार यादव, राजु यादव, लक्ष्मी यादव, पप्पु यादव, टुनटुन यादव र मिथिलेश यादवलाई पनि गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीले थुनुवा कक्षभित्र धीरजलाई प्रहरीले कुटपिट नगरेको बताउनु भयो ।
नेपाली कांग्रेसका नेता एवम् मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, नेपाली कांग्रेसका धनुषा पार्टी सभापति योगेन्द्र पञ्जियार, प्रदेश सदस्य जीवनाथ चौधरी सहितका नेता कार्यकर्ताहरू अस्पताल पुगेर पीडितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
कांग्रेसका नेता तथा कार्यकर्ताले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित समाचारहरू
कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिकः सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि बढाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…