प्रहरी हिरासतमा महिलामाथि यातना
हत्या आरोपमा भदौ ९ गते गिरफ्तरीमा परी इलाका प्रहरी कार्यालय मेलम्चीमा थुनामा रहेकी मेलम्ची नगरपालिका–४ स्थित थकनीकी २८ वर्षीया अस्मिता तामाङलाई प्रहरीले कुटपिट गरी यातना दिएको उनले इन्सेक जिल्ला प्रतिनिधिसँग बताएकी छन् ।
भदौ १७ गते हिरासत अनुगमनको क्रममा इलाका प्रहरी कार्यालय पुगेका जिल्ला प्रतिनिधिसँग पीडित महिलाले भदौ ९ गते राति करिब ९ बजे पुरूष प्रहरीले आफूलाई हिरासत कक्षबाट कार्यालय कोठमा लगेर पाइप र लात्तीले देब्रे गोडाको तिघ्रामा निलडाम हुनेगरी कुटपिट गरी यातना दिएको बताइन् ।
प्रहरी यातनाबाट पीडित भएकी अस्मिताले दोस्रो पटक म्याद थप गर्न प्रहरीले जिल्ला अदालत लैजाँदा आफूमाथि कुटपिट भएको भन्दै जिल्ला न्यायाधीशसँग गुनासो गरेपछि भदौ १५ गते जिल्ला न्यायाधीशको आदेशले चौतारा अस्पतालमा उनको घाउजाँच गराइएको पीडितले बाताइन् ।
यस विषयमा जानकारी नभएको र हिरासतमा कसैले यातना दिएको पाइएमा विभागीय कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।
आफ्नो कार्यालयको हिरासत कक्षमा कसैलाई यातना नदिइएको इलाका प्रहरी कर्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले बताए ।
अदालतको आदेश अनुसार घाउजाँच गराएपछि दैनिक औषधि खाइरहेकी पीडित अस्मिता तामाङले यातना विरूद्ध उजुरी गर्ने समेत इन्सेक जिल्ला प्रतिनिधिसँग बताएकी छन् ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…