प्रहरी हिरासतमा ज्यान गुमाएकाले न क्षतिपूर्ति पाए न न्याय !
जिल्ला प्रहरी कार्यालयमा आठ वर्ष अगाडि ज्यान गुमाएका १८ वर्षीय किरण राईको परिवारले अहिलेसम्म क्षतिपूर्ति र न्याय पाएका छैनन् ।
दिक्तल रुपाकोट मझुवागढी नगरपालिका–१० का किरण राई हत्या आरोपमा ०७० जेठ २८ गते गिरफ्तारीमा परेका किरणको मृत्यु असार २६ गते भएको थियो ।
घटनामा तत्कालिन डिएसपी राजिव बस्नेत, इन्स्पेक्टर रमेश देवलगायत ११ जनाविरुद्ध कारवाहीका लागि राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको थियो ।
उनीहरुलाई राष्ट्रिय मानव अधिकार आयोगले मुलुकी ऐन ज्यानसम्बन्धी महल अन्तर्गत कारवाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ०७० भदौ १६ गते सिफारिस गरेको हो ।
पीडित परिवारलाई क्षतिपूर्ति दिनका लागि ३ लाख रुपियाँ सिफारिस गरेको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ खोटाङका प्रमुख श्यामबाबु काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोगको सिफरिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ०७२ वैशाख ७ गते गृह मन्त्रालयमा क्षतिपूर्ति उपलब्ध गराउन पत्राचार गरेको हो ।
हिरासतमा राखेकै कारण मुत्यु भएको घटनामा उच्च अदालत विराटनगरको अस्थायी इजालस ओखलढुङ्गाले ०७४ भदौ १५ गते अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयको नाममा परमादेश जारी गरेको थियो ।
आयोगको निर्णय र सिफारिसलाई सदर गरेको भए पनि न्याय नपाएको पीडितका आफन्त रजिव राईले बताउँदै पीडित अझ पीडित भएको र कुनै क्षतिपूर्ति नपाएको उल्लेख गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले यस विषय के भएको थियो र किन क्षतिपूर्ति नआएको खोजी गर्नुपर्ने बताउनु भयो ।
प्रहरीको कुटपिटबाट किरण राईको मृत्यु भएको परिवारजनको आरोप छ । प्रहरीले भने निमोनियाका कारण किरणको मृत्यु भएको भनेपछि थप परीक्षण गरिएको थियो ।
मानव अधिकार आयोगको पहलमा फरेन्सिक विशोषज्ञ डा. हरिहर वस्तीको टोलीले शव परीक्षण गरेको थियो ।
तारानाथ फुयाल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…