प्रहरी हिरासतमा एक जना वृद्धाको मृत्यु
केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया कृष्णादेवी रावलको मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय, बझाङको हिरासतमा मृत्यु भएको छ ।
हिरासत कक्षमा बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल, सिमखेत लैजाँदै गर्दा ७७ वर्षीया रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर बिष्टले बताउनु भयो ।
बिहान चिहा खाने क्रममा रावल बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्याएको भएपनि चिकित्सकले मृत घोषित गरेको डिएसपी विष्टको भनाई छ ।
शवको पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल, सिमखेतमा राखिएको छ ।
प्रहरी हिरासतमा मृत्यु हुनु भएको रावल र उहाँका छोरा जयबहादुर रावलालाई कात्तिक २० गतेदेखि कर्तव्य ज्यान अन्तर्गत हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो ।
आमा छोरा मिलेर हत्या गरिएको भन्दै जयबहादुर रावलका ससुराली पक्षले कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।
प्रहरी हिरासतमा मृत्यु भएकी रावलकी बुहारी २८ वर्षीया धौलीदेवी रावल कात्तिक ७ गते घरमै झुण्डिएको अवस्थामा फेरा परेकी थिइन् ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…