प्रहरी हिरासतमा एक जना थुनुवाको मृत्यु

  २०८१ जेठ ६

जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखिएका धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँका ३५ वर्षीय बुद्धीराम चौधरीको ०८१ जेठ ६ मृत्यु भएको छ ।

प्रहरी हिरासतमा रहेका चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कबिन्द्रसिह बोहराले बताउनु भयो  ।

चौधरीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको डिएसपी बोहराले बताउनु भयो ।

भन्सार छलीका सामानसहित बुद्धीराम चौधरीलाई जेठ ३ गते प्रहरीले गिरफ्तार गरेको थियो ।


मैनामोती चौधरी