प्रहरी हिरासतबाट फरार बलात्कार घटनाका आरोपित गिरफ्तार
इलाका प्रहरी कार्यालय इश्वरपुरको हिरासतबाट ०७३ असार २१ गते फरार भएका बलात्कार घटनाका आरोपित इश्वरपुर गाविस-७ का २० वर्षीय राकेश रामलाई साउन २२ गते प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
१५ वर्षीया बालिकालाई असार १६ गते बलात्कार गरेको आरोपमा असार १८ गते गिरफ्तार गरिएका राम असार २१ गते प्रहरी हिरासतमा रहेका बेला शौचालय फुटाए उनी फरार भएका थिए ।
फरार आरोपित राम भारततर्फ लुकेर बसेको जानकारी पाएपछि विशेष सुराकीको अधारमा प्रहरीले साउन २२ गते नेपाल भारत सीमावर्ती क्षेत्र त्रिभुवननगरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पीडित पक्षले असार १८ गते इलाका प्रहरी कार्यालय इश्वरपुरमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा सोही दिन गरिएको प्रहरीले जनाएको छ ।
सन्तोषकुमार सिंह
सम्बन्धित समाचारहरू
इन्सेकलगायतको सरोकारवाला निकायको सक्रियतामा एक जोडीको बालविवाह रोकियो
जुम्लामा एक जोडीको बालविवाह रोकिएको छ । तिला गाउँपालिका – ३ मा हुन थालेको बालविवाह चैत १० गते रोकिएको हो । तिला गाउँपालिका –५ की १६ वर्षीया बालिका र सोही…
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…