प्रहरी हवल्दारमाथि हातपात घटनाका आरोपित गिरफ्तार

पाँचखपन नगरपालिका बानास्थित इलाका प्रहरी कार्यालय बानामा कार्यरत पाँचखपन नगरपालिका-७ का २८ वर्षीय प्रहरी हवल्दार सन्तोष राईलाई हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ ।

पाँचखपन नगरपालिका-७ बजारमा ०८० असोज ४ गते होहल्ला गरेर बसेका पाँचखपन नगरपालिका-७ बिहीबारेका ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय वसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवालले राईलाई हातपात गरेको पीडितको आरोप छ ।

बजार क्षेत्रमा अशान्ति मच्चाएको र सम्झाउने क्रममा ड्युटीमा रहेको प्रहरीमाथि हातपात भएपछि आरोपितलाई सोही बेला अनुुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताउनु भयो ।

कुटपिटबाट घाइते हुनु भएको पीडितको प्राथमिक स्वास्थ्य केन्द्र वानामा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पतालमा असोज ५ गते भर्ना गरिएको छ ।


भविन कार्की