प्रहरी र स्थानीयबिच झडप, सात प्रहरी घाइते
गरुडा नपा–२ गेडहीगुठीका १९ वर्षीय सुजितकुमार सहनीको विवाहमा डिजे बाजा बजाएको खबर पाएर इलाका प्रहरी कार्यालय गरुडाको डिएसपीसहित २५ जनाको टोलीले डिजे बन्द गराउने क्रममा जेठ २३ गते बिहान स्थानीय र प्रहरीबिच भएको झडपमा परेर सात जना प्रहरी घाइते भएका छन् ।
४–५ सय जनाको सङ्ख्यामा रहेका स्थानीय र प्रहरीबिच झडप हुँदा स्थानीयले ढुङ्गामुढा गर्दा डिएसपी द्वारिकाप्रसाद घिमिरे, इन्स्पेक्टर राजा केसरी, सई अक्षयप्रसाद साह, प्रहरी जवानहरू अर्जुनकुमार मण्डल, विनयकुमार वर्णवाल, राधेश्यामप्रसाद यादव र सञ्जयप्रसाद यादव घाइते हुनु भएको हो ।
घाइते प्रहरीहरूको उपचार स्थानीय झाजपुलस्थित गे्रण्डि अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी सिद्धिबिक्रम शाहीले बताउनु भयो । घटनामा संलग्न दोषीलाई कारवाही हुने एसपी शाहीले जानकारी दिनु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…