प्रहरी र स्थानीयबिच झडप, दुई जना घाइते
आठराई गाउँपालिकाको सक्रान्तिबजारमा चैत २५ गते स्थानीयबासी र प्रहरीबिच झडप हुँदा प्रहरीको लाठी चार्जबाट स्थानीय ५५ वर्षीय सन्तबहादुर कार्की र आन्दोलनकारीको ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरीका हवल्दार दिपराज राई घाइते भएका हुन् । घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयमा आक्रमण गरेपछि प्रहरीले पाँच राउण्ड अश्रु ग्याससमेत प्रयोग गरेको जनाएको छ । इलाम जिल्ला माइती घर भएकी १८ वर्षीया सरिता तामाङको आत्महत्या भएको भन्ने पोष्टमार्टम रिपोर्ट आएपछि माइती पक्ष र स्थानीयबासीले इलाका प्रहरी कार्यालय सक्रान्ति घेराउ गर्न जाँदा झडप भएको ह्वाकुका किशोर ईङनामले बताए ।
यहि चैत १५ गते बुकी भन्ने ठाउँको आफ्नै घरको कोठामा तामाङको शब झुण्डिएको अवस्थामा फेला परेको थियो । घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको माइती पक्षले शङका गरेपछि निश्पक्ष छानबिन गर्नु पर्ने माग गर्दै स्थानीयबासी र माइती पक्ष इलाका प्रहरी कार्यालयमा प्रदर्शन गर्दै पुगेका थिए ।
भगिश्वर लिम्बु
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…