प्रहरी र विद्यार्थीबिचको झडपमा १७ जना घाइते
विद्यार्थी नेताको मृत्युको विषयलाई लिएर पोखरा-लेखनाथ मनपा-१ मा रहेको पृथ्वीनारायण क्याम्पस अगाडि विद्यार्थी र प्रहरीबिच माघ २३ गते भएको झडपमा १७ जना घाइते भएका छन् ।
झडपमा परेर ११ जना विद्यार्थी, पाँच जना प्रहरी र एकजना पत्रकार घाइते भएका हुन् । पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य गोपाल गुरूङ, नेपाल विद्यार्थी सङ्घ क्याम्पस इकाई समितिका अध्यक्ष दिपक वाग्ले, सदस्यहरू सतिश बास्तोला, अनिश पाण्डे, विकास खत्री, समिप केसी, गोविन्द नेपाली, ओम सुवेदी, शिवराज गिरी, स्वीकार पोखरेल, नयाँशक्ति पार्टीको विद्यार्थी सङ्गठनका रेशम सापकोटा र पत्रकार प्रकाश ढकाल घाइते भएका नेविसङ्घ क्याम्पस इकाई समितिका अध्यक्ष दिपक वाग्लेले जानकारी दिए । घाइते सबै विद्यार्थी स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएका छन् ।
त्यसैगरी इन्स्पेक्टर बसन्त शर्मा, हवल्दार यामप्रसाद तिवारी, जवानहरू हरीप्रसाद शर्मा, बलराम वली र चन्द्रवहादुर वली घाइते भएका प्रहरीले जनाएको छ । घाइते सबैको फिस्टेल अस्पताल पोखरामा उपचार भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी खड्गबहादुर खत्रीले बताए ।
माघ २२ गते नगरबसको ठक्करबाट घाइते भएका स्याङजा घर भई पृथ्वीनारायण क्यापसमा अध्ययनरत पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका अध्यक्ष २४ वर्षीय बोधराज ढकालको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको विषयलाई लिएर विवाद भएको थियो ।
ढकालको मृत्युपछि आरोपित चालकलाई कारवाही गर्नुपर्ने माग गर्दै माघ २३ गते बिहानैदेखि पृथ्वीनारायण क्याम्पस अगाडि विद्यार्थीले प्रदर्शन गरेका थिए । आन्दोलनका क्रममा स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले दुई सेल अश्रु ग्याँस समेत प्रयोग गरेको थियो । आन्दोलनका क्रममा प्रहरीले माघ २३ गते नै १६ जना विद्यार्थीलाई गिरफ्तार गरी रिहा गरेपछि आन्दोलन स्थगित भएको नेविसङ्घले जनाएको छ ।
सङ्गीता भाट
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…