प्रहरी र बन्दकर्ताबिच झडप हुँदा सांसद, इन्सेककर्मीसहित २५ जना घाइते
जिल्ला प्रशासन कार्यालयमा बन्दकर्ताले लगाएको ताला खुलाउने क्रममा प्रहरी र बन्दकर्ताबिच झडप हुँदा गुल्मी सदरमुकाम तम्घास पुस १ गते दिनभर तनावग्रस्त बन्यो ।
प्रहरीले जिल्ला प्रशासन कार्यालयमा लगाइएको ताला खुलाउन र धर्नामा बसेका प्रदर्शनकारीलाई लखेट्न खोज्दा झडप भएको हो । झडपमा नेकपा मालेकी सांसद कमला विक, इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालसहित २५ जना आन्दोलनकारी घाइते भएको सङ्घर्ष समितिका सदस्य पदम पाण्डेयले जानकारी दिए । झडपमा सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
फोटो खिच्दै गरेको समयमा घाइते भएको इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले टेलिफोनमा जानकारी दिएका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन करिव २४ सेल अश्रुग्यास प्रहार गरेको थियो । आक्रोशित आन्दोलनकारीले दुई ओटा सवारी साधनमा आगजनीसमेत गरेका छन् । झडपमा परी गम्भीर घाइते भएका नेपाल तरुण दल रेसुङ्गा नगर सभापति ३५ वर्षीय कृष्ण पाण्डेलाई थप उपचारको लागि पाल्पा पठाइएको छ । अन्य घाइतेहरूको जिल्ला स्थित रेसुङ्गा अस्पताल र तम्घास अस्पतालमा उपचार भइरहेको छ ।
झडपमा अनेरास्ववियुका नेता श्रीराम महत, शोभाखर गिरी, व्यवसायी रामप्रसाद बञ्जाडे, नयाँ शक्ति नेपालका सचिव जनक पन्त, झविन्द्र विक, किशोर मरासिनी, राम प्रसाद पोख्रेल, नेतृ मैना भण्डारी, गोविन्द बराल, विनोद भुसाल, शुसिल अधिकारी, कमल पन्थी, कुलानन्द भण्डारी र प्रहरी तर्फ असई युवराज रेग्मी, हवल्दार लालबहादुर गाहा, जवान राजकिशोर बाउन, तुल बहादुर गुरुङ, कृष्ण राना सहित सात जना घाइते भएका छन् । घाइतेको टाउको, हात र गोडामा चोट लागेको छ ।
जिल्ला विकास समितिको बा १ झ ६६८१ नम्बरको गाडी र ६६-१-०-७५५ नम्बरको निलो प्लेटको गाडीमा आन्दोलनकारीले आगजनी गरेका छन् । आन्दोलनकारीले आन्दोलनमा दमन गरेको भन्दै सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गाना, एसपी भोला रावलको सरुवा माग गरेको छ ।
प्रदर्शनकारीले नाराबाजी सहित प्रहरी र प्रशासनबाट शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै प्रजिअ र प्रहरी प्रमुखको सरुवाको माग गरेका हुन । आन्दोलनकारीलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव एवम् गुल्मी क्षेत्र नं. ३ का सांसद गोकर्ण विष्टले पाँच नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा ल्याइएको प्रस्ताव कुनै पनि हालतमा पारित नहुने बताए ।
सभासद विष्टले जनताको आवाजलाई सानो नठान्न र प्रहरी प्रशासनलाई शान्तिपूर्ण आन्दोलनमा दमन गरि उत्तेजना नफैलाउन आग्रह गरे ।
१७ दिनदेखि लगातारको आन्दोलनका क्रममा आज जिल्लाका ४५ ओटा सरकारी कार्यालयमा एकै साथ ताला लगाइएको आन्दोलन परिचालन कमिटीका संयोजक भुवनप्रसाद श्रेष्ठले बताए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले आन्दोलनकारीले एकाएक उत्तेजित भएर प्रहरीमाथि ढुङ्गा प्रहार गरेकाले आत्मरक्षाका लागि केही राउण्ड अश्रुग्यास हानेको बताए ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…