प्रहरी र प्रदर्शनकारीबीचको झडपमा तीन जना घाइते
ताहुँ गाविस-७ पाल्पाकी २४ वर्षीया बिनु थापा पुलामीको हत्यामा संलग्नलाई गिरफ्तार गरी कारबाही प्रक्रिया सुरु गर्न माग गर्दै प्रदर्शनमा उत्रेका आन्दोलनकारी र प्रहरीबिच झडप हुँदा दुईजना प्रदर्शनकारी र एक जना प्रहरी घाइते भएका छन् ।
घाइते हुनेमा प्रदर्शनकारी अमर बहादुर ठाडा र मनकुमारी राना रहेका छन् । त्यस्तै प्रहरी जवान जितेन्द्र विष्ट पनि घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल पाल्पामा उपचार गरिएको छ ।
प्रदर्शनकारीले बिनुको हत्या उनकै पति दिपेन्द्र बस्यालले गरेको आरोप लगाउँदै उनलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् । दिपेन्द्र भने मङ्सिर ७ गतेबाट फरार रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि प्रहरीले दिपेन्द्रका बुवा लक्ष्मण बस्याल र आमा पार्वती बस्याललाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।
गएको दसैँदेखि बेपत्ता विनुको शव जिल्ला प्रहरी कार्यलय पाल्पाले मङ्सिर ९ गते राम्दी घाटबाट उत्खनन् गरी माइतीको जिम्मा लगाएको थियो । दिपेन्द्र र बिनुबिच चार वर्षअघि अन्तरजातिय प्रेम विवाह भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका एसपी हरिराज वाग्लेले अपराधमा संलग्नलाई पत्ता लगाएरै छाड्ने दृढता व्यक्त गर्दै दिपेन्द्रको खोजी भइरहेकाले आन्दोलित नहुन स्थानीइलाई आग्रह गरेका छन् ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…