प्रहरी र आन्दोलनकारीबिच भएको झडपमा ४० जना घाइते
७ नं प्रदेशको राजधानी दिपायलमा माग गर्दै यहाँ भइरहेको आन्दोलनमा दिनहुँ तनाव सिर्जना भएको राससले जनाएको छ ।
जिल्ला सदरमुकाम सिलगढीमा माघ ५ गते पनि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३६ भन्दा बढी प्रदर्शनकारी तथा चार प्रहरी घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनालाई जिल्ला अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मधुसूदन लुइँटेलले जानकारी दिए ।
घाइते हुनेमा नेकपा (एमाले)का जिल्ला अध्यक्ष चक्र मल्ल, दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी, नेपाली काङ्ग्रेसका नेता सुशील घर्ती, स्थानीय आन्दोलनकारी सूर्य केसीलगायत छन् । तीमध्ये केसीको अवस्था गम्भीर छ ।
जिल्ला प्रशासन कार्यालयअघि भइरहेको कोणसभाका क्रममा आक्रोशित युवाले कार्यालय र प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि २० भन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको थियो ।
सोही क्रममा प्रहरीले लठ्ठी प्रहार गरेकामा प्रदर्शनकारीले प्रतिकार गर्दा झडप भएको थियो । झडपका क्रममा प्रहरीले ठूलो दमन गरेको आन्दोलनकारीले आरोप लगाएका छन् ।
पत्रकारमाथि दमन
झडपका क्रममा समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि पनि प्रहरीले दमन गरेको छ । पत्रकार बसेको ठाउँमा अश्रुग्यास प्रहार गर्नाका साथै पत्रकारमाथि लाठी चार्जसमेत भएको थियो ।
सोही क्रममा नेपाल पत्रकार महासङ्घ डोटीका सचिव गणेश मौनी, पत्रकार खगेन्द्र सिंह, रोजेन्द्र जोशी, रामहरि ओझा र चक्रबहादुर कठायत र प्रेस चौतारी नेपाल डोटीका अध्यक्ष झलक पाली घाइते भएका छन् ।
आन्दोलनकारीले क्षेत्रीय प्रशासनलगायत क्षेत्रीय कार्यालयलाई हातेसाङ्लो बनाएर घेराबन्दी गर्दै सरकारको विपक्षमा नाराबाजी गरेका थिए ।
यसअघि बिहान कार्यालय समयमा स्थानीय नेता जीतबहादुर खड्काको नेतृत्वको आन्दोलनकारीको टोलीले सम्पूर्ण क्षेत्रीय कार्यालयका प्रशासन तथा प्रमुखका कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
७ नं प्रदेशका तराई र पहाडी जिल्लाको यातायात सेवा माघ ५ गतेदेखि पूर्ण रूपमा बिच्छेद पारिएको छ । भीमदत्त राजमार्गअन्तर्गत डोटीको बुडरमा नाकाबन्दी गरिएपछि सुदूरपश्चिमका सात ओटै जिल्लाको तराईका जिल्लासँगको यातायात बिच्छेद भएको हो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…