प्रहरी र आन्दोनकारीबिच झडप, आठ जना आन्दोलनकारी घाइते
गाउँपालिकाको विषयमा आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबिच मङ्सिर ६ गते मुगुको सदरमुकाम गमगढीमा भएको झडपमा आठ जना प्रदर्शनकारी घाइते भएका छन् ।
झडपमा कालै गाविस-३ का २७ वर्षीय ज्ञानबहादुर शाहीको टाउकोमा चोट लागेको छ । उनको उपचार स्थानीय मल्ल मेडिकलमा भइरहेको छ । त्यसैगरी सोही गाविस-४ का ३८ वर्षीय लोकबहादुर शाही, रारा गाविस-१ का ३२ वर्षीय हस्तबहादुर शाही, सोही ठाउँका २७ वर्षीय धर्मराज शाही, सोही गाविस-१ का २७ वर्षीय डबल बम, धैनाकोट गाविस-६ का २६ वर्षीय टाइगर मल्ल, सोही गाविस-२ का ४० वर्षीय देवीलाल मल्ल, सोही गाविस-१ का २८ वर्षीय शङ्कु मल्ल घाइते भएका छन् ।
घाइतेहरूको उपचार स्थानीय मेडिकलमा गरी फर्किसकेका उक्त आन्दोलनको नेतृत्वकर्ता दानबहादुर शाहीले जानकारी दिए ।
रारा, कालै र धैनकोट गाविसलाई रारा गाँउपालिकामा कायम गर्नुपर्ने माग राख्दै कात्तिक २२ गतेदेखि विभिन्न चरणका आन्दोलन गर्दै आएका स्थानीयबासीद्वारा मङ्सिर ५ गतेदेखि सदरमुकाम गमगढीका सरकारी र गैरसरकारी कार्यालय बन्द गरेका थिए ।
सरकारी तथा गैरसरकारी कार्यालय बन्दको दोस्रो दिन मङ्सिर ६ गते सरकारी कार्यालय बन्द गर्न खोज्दा प्रहरी र आन्दोलनकारीबिच झडप भएको स्थानीयबासी दानबहादुर शाहीले बताए ।
०७३ कात्तिक २२ गते बसेको प्राविधिक समितिको बैठकले जिल्लाका चारओटा भेग सोरु, खत्याड, गम र करानलाई चार गाउँपालिका प्रस्ताव गरेको थियो ।
दलहरूको असन्तुष्टीलाई मेट्न चार भेगलाई आठ ओटा गाउँ पालिका प्रस्तावको विकल्प राखिएपछि सोरु भेगका धैनाकोट, कालै र रारा गाविसलाई सोरु भेगका अन्य चार गाविससँग जोडिएको गाँउपालिकासँग राखेको भन्दै ती गाविसलाई रारा गाँउपालिका कायम गरी छुट्टै ५ नम्बर गाँउ पालिकामा समेटनुपर्ने माग अगाडि सारिएको छ ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिकी कष्टकर
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । ३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।…
जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र…