प्रहरी र अधिकारकर्मी एकअर्काका परिपूरक
मानव अधिकार संरक्षण र सम्बर्द्धनको लागि प्रहरीको भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि कतिपय प्रहरीले आफ्नो हातमा रहेको पदीय अधिकारलाई दुरूपयोग गर्दा मानव अधिकार उल्लङ्घनका घटनाहरू बेला बेलामा हुने गरेको सरोकारवालाहरूले बताएका छन् ।
६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते विदुरमा जिल्ला विकास समिति नुवाकोटको आयोजना र इन्सेकको संयोजनमा सञ्चालित 'मानवअधिकार संरक्षण र सम्बर्द्धनमा अधिकारकर्मीको भूमिका' विषयक कार्यशालामा नुवाकोटका डिएसपी ऋषिराम कडेलले प्रहरीले कानुनको प्रयोग गर्दागर्दै पनि अधिकारहरू उल्लङ्घन हुने भएकोले यसबाट जोगिनु ठूलो चुनौती रहेको बताए ।
'जब व्यक्तिगत रूपमा कानुनको प्रयोग गर्नु भनेको अधिकारको दुरूपयोग हो । पदको दुरूपयोग हो । यसबाट प्रहरीले जोगिनै पर्छ ।'-डिएसपी कडेलले भने-'मानव अधिकारकर्मी र प्रहरीको सहकार्य भएमा अधिकारको संरक्षण हुने र अधिकार स्थापित गराउनसमेत सहज हुनेछ ।'
कार्यक्रममा इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले मानव अधिकरकर्मी र प्रहरीबिच रहेको भैँसी देख्दा जोगी डराउने, जोगी देख्दा भैँसी डराउने अवस्था अब रहन नहुने बताए । उनले मानव अधिकारको सन्दर्भमा प्रहरीमा धेरै सुधार भएको र प्रहरीले मानव अधिकारलाई ख्याल गरेर काम गरिरहेको बताए ।
'मानव अधिकारकर्मी भनेका प्रहरीका शत्रु नभई मित्र हुन् । उनीहरूले प्रहरीकै अधिकारको पक्षमा पनि धेरै बोलेका छन्'-उनले भने-'मानव अधिकार संरक्षण र सम्बर्द्धनको लागि एक अर्कालाई फरक धारमा बुझ्न हुँदैन ।'
कार्यशालामा अधिवक्ता टिकाध्वज खड्काले मानव अधिकार संरक्षण र सम्बर्द्धनमा नेपालमा रहेका कानुनी व्यवस्थाको बारेमा जानकारी दिएका थिए । उनले मानव अधिकारको संरक्षण गर्ने कानुनी व्यवस्थाको पालना गर्दा अनुसन्धान प्रभावित हुन नहुने बताए । 'प्रहरीमा अनुसन्धान र अधिकार संरक्षकबिच संवेदनशील भएर काम गर्नु पर्ने जिम्मेवारी रहेको छ । जिम्मेवारी निर्वाह गर्दा गम्भीर हुनुपर्छ'-उनले भने ।
कार्यक्रममा निमित्त स्थानीय विकास अधिकारी शैलेन्द्र भण्डारी, विदुर नगरपालिकाका कार्यकारी अधिकृत भीमकान्त पौडेल, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष श्रीराम नेपाल, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष शर्मिला थापामगर, गैरसरकारी संस्था महासङ्घका सदस्य विनोद दाहाललगायतले मानव अधिकारको संरक्षणमा प्रहरी र अधिकारकर्मीको भूमिका एक सिक्काका दुई पाटो जस्तो एक अर्काको परिपूरकको रूपमा रहने भएकोले दुवै पक्षले आआफ्नो क्षेत्रबाट योगदान दिन सके मात्र मानव अधिकारको संरक्षण हुने धारणा राखेका थिए ।
कार्यशालामा ३० जना प्रहरी र जिल्लाका मानव अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…