प्रहरी परिसरमै अधिकारकर्मी माथि कुटपिट, आरोपित गिरफ्तार
अधिकारकर्मी तथा अन्तरपार्टी महिला सञ्जाल पर्वतकी अध्यक्ष मनरूपा शर्मा सुवेदीलाई कुटपिट गरेको आरोपमा प्रहरीले कुश्मा नपा-१ पाङका ३० वर्षीय गणेश अर्याललाई भदौ १२ गते गिरफ्तार गरेको छ ।
भदौ ११ गते अर्यालकी जेठी पत्नी मेनका अर्यालले दिएको उजुरीका सम्बन्धमा छलफल गर्ने क्रममा अन्तरपार्टी महिला सञ्जाल पर्वतकी अध्यक्ष रहेकी मनरूपा शर्मा सुवेदीलाई अर्यालले कुटपिट गरेको पीडित शर्माले आरोप लगाइन् ।
शर्माका अनुसार आरोपित अर्यालले बहुविवाह गरेको र घरेलु हिंसा गरेको भन्दै उनकी जेठी पत्नी मेनका अर्यालले अन्तरपार्टी महिला सञ्जालमा उजुरी दिएपछि सोही विषयमा छलफल गर्न दुवै पक्ष जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
छलफलकै क्रममा अर्यालले सुवेदीको मोबाइल समेत भुइँमा बजारिदिएको र कुटपिटबाट सामान्य चोट लागेको सुवेदीले बताइन् ।
घटनापछि अन्तरपार्टी महिला सञ्जाल पर्वतकी सचिव कलावती पुरी र अध्यक्ष मनरूपा शर्मा सुवेदीले संयुक्त विज्ञप्ति जारी गर्दै अर्याललाई कानुन बमोजिम कारवाहीको माग गरेका छन् ।
छलफलका क्रममा अर्यालले कान्छी पत्नी चन्द्रा अधिकारीलाई समेत प्रहरीकै अगाडि कुटपिट गरेपछि उनको पर्वत जिल्ला अस्पतालमा उपचार गरिएको छ ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुम्बेवा गाउँपालिका–५ का ३६ वर्षीय दिनेश राईलाई १९ वर्ष कैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको माघ २०…
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…