प्रहरी जवान मृत फेला परेको घटनाको अनुगमन

  ०८१ असार १ गते

बाँके जिल्ला खजुरी गाउपालिका-४ घर भई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत महिला प्रहरी जवान २५ वर्षीया करिश्मा सुनार ०८१ जेठ ३१ गते कार्यालयमा मृत फेला परेको घटनाको अनुगमन असार १ गते इन्सेक मधेस प्रदेशलगायतको टोलीले संयुक्त अनुगमन गरेको छ ।

मानवअधिकार आयोग मधेश प्रदेशकी प्रमुख मंजु खतिवडा, इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवान र एडभोकेसी फोरमका प्रदेश संयोजक राजकुमार महासेठले संयुक्त अनुगमन गरेका हुन ।

अनुुगमनको क्रममा टोलीले जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पण्डितसँग घटना बारे जानकारी लिनु भयो । अनुगमन टोलीलाई एसपी पण्डितले मृतक बिहानको डियुटी र दिउँसो कार्यालयको काम सकेर २ बजे खाजा खान कोठा गएकी थिइन, उनि सिविल ड्रेसमा रहेकी थिइन् बताउनु भयाे ।

निस्किएको धेरै बेरसम्म पनि सुनार कार्यालय नआइपुग्दा खोजतलास गर्दै जाँदा उनी जिल्ला प्रहरी कायालय अन्तरगक महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको दोश्रो तल्लाको बाथरुममा पासो लगाएको र भित्रबाट ढोका लगाएको अवस्थामा मृत भेटिएको एसपी पण्डितले बताउनु भयो ।

त्यस्तै, जेठ ३२ गते बेलुका मृतकका आफन्तहरू आए पछि प्रकृया पुर्याएर प्रादेशिक अस्पतालमा जेठ ३२ गते पोष्टमार्टम गरी शव आफन्तलाई जिम्मा लगाएको उहाँले बताउनु भयो ।


दुर्गा परियार