प्रहरी जवानमाथि कार्यालयमा कुटपिट

जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी जवान अर्घाखाँची सिमलपानी- ६ का २८ वर्षीय रामु बीसीलाई सोही कार्यालयका असई सत्यनारायण यादवले ०७३ मङ्सिर ३ गते साँझ प्रहरी कायालय भित्रै कुटपिट गरेका छन् ।

photo20161121gulmi1

आरोपित असई यादवले बीसीलाई आदेश नटेरेको र अन्य अफिसरहरूलाई गालीगलौज गरेको आरोपमा तिघ्रा र ढाडमा नीलडाम हुने गरि कुटेको पीडित बीसीले बताए । घटनालगत्तै पीडितलाई उपचारका लागि जिल्ला अस्पतालमा तम्घासमा भर्ना गरिए पश्चात् हाल उनी उपचाररत छन् । पीडितको अवस्था सामान्य भए पनि भर्ना गरेर अस्पतालको निगरानीमै राखिएको जिल्ला अस्पताल, तम्घासका डाक्टर प्रकाश पुनले बताए ।

मादक पदार्थ सेवन गरेर ड्युटीमा गएको र ड्युटीमा खटिएको हबल्दार र मोवाइल गस्तीमा गएको टोली अफिसरलाई समेत गालीगलौज गरेकाले असई यादवले पीडित लाई चार लाठी हानेको र मादक पदार्थ सेवन गरेर ड्युटीमा खटिने प्रहरी जवान र आरोपित यादव दुवै जनालाई आवश्यक कारबाही गरिने एसपी रावलले बताए ।


टोपलाल अर्याल