प्रहरी चौकीमा आक्रमण गरी लुटिएको हतियार फेला
रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकीवडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।
लुटिएको मध्ये एसएलआर मर्चवारको बगौली-६ मा बेवारिसे अवस्थामा खेतमा भेटिएको र टियर ग्याँस गन अझैसम्म फेला नपरेको र हराएको हतियारको खोजी कार्य भैरहेको डिएसपी पाण्डेले बताए ।
फागुन ८ गते भएको झडपका क्रममा प्रहरीको साथबाट आन्दोलनकारीले दुई वटा हतियार एसएलआर र टियर ग्याँस गन लुटेका थिए ।
झडपका क्रममा प्रहरीले चार जना विद्यार्थीलाई गिरफ्तार गरेको छ । झडपका क्रममा प्रहरीको लाठी चार्जबाट कृष्ण हरिजन, राहुल यादव, रीमा ठाकुर, जोगेन्द्र ठाकुर, श्याम प्रकाश गुप्ता, राम निवास जयसवाल, शिला गिरी, राजकुमार कुर्मी घाइते भएको र राजकुमार कुर्मीको टाउकोमा तीन वटा टाँका लगाइएको स्थानीय रामविकाश चौधरीले बताए ।
आन्दोलनकारीहरूको आक्रमणबाट प्रहरीका सईसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा इलाका प्रहरी कार्यालय मर्चवारका सई राजकुमार क्षेष्ठ, हवल्दार अर्जुन रोक्का, जवानहरू रमेश पाल, अम्मर मल्ल र रामबहादुर भण्डारी रहेको डिएसपी पाण्डेले जानकारी दिए ।
स्वतन्त्र मधेश गठबन्धनका नाममा सक्रिय सिके राउतका कार्यकर्ताले फागुन ८ गते प्रहरी चौकीमा आक्रमण गर्नुका साथै हतियार समेत लुटेको प्रहरीले जनाएको थियो ।
रुपन्देहीको मर्चवारमा स्वतन्त्र मधेश गठबन्धनको माग गर्दै आएका सिके राउतका कार्यकर्ता र प्रहरीबिच फागुन ७ गते झडप भएको छ ।
झडपका कारण मर्चवार क्षेत्रको मझगाँवा दिनभरी तनाव ग्रस्त रह्यो । सिके राउतका कार्यकर्ताले मर्चवार क्षेत्रको मझगाँवामा आयोजना गरेको आमसभालाई प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो । झडपका क्रममा प्रहरीले ५ सेल अश्रुग्याँससमेत प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेका अनुसार दोहोरो झडपमा परी पाँच जना प्रहरी घाइते भएका छन् भने गठबन्धनका आठ जना कार्यकर्तालाई गिरफ्तार गरिएको छ । गठबन्धनका रुपन्देही संयोजक भुपेन्द्र यादवले झडपमा सर्वसाधारण र आफ्ना कार्यकर्ता गरी ५१ जना घाइते भएको र २५ जनालाई गिरफ्तार गरेको आरोप लगाए ।
प्रहरीका अनुसार गठबन्धनका कार्यकर्ताले लु १ ख ४९८१ नम्बरको ट्रकमा पेट्रोल छर्केर आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको धेरैजसो भाग जलेको छ ।
झडपपछि गठबन्धनका कार्यकर्ताहरूले मर्चवारको पर्साहवा चोकमा कोणसभा गरी प्रहरीले गरेको धरपकडको विरोध गरेका थिए ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
नेपाली कांग्रेस र एमालेका कार्यकर्ता बीच झडप, म्यादीप्रहरीमाथि खुकुरी प्रहार
सदरमुकाम मार्तडीमा जेठ १ गते राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा बुढीगंगा नगरपालिका–४ का २० वर्षीय म्यादीप्रहरी पुष्प कटुवालमाथि खकुरी प्रहार भएको छ । बडीमालिका नगरपालिका–२ एमालेबाट…
मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा
मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ । वैशाख ३०…
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…