प्रहरी इन्स्पेक्टरद्वारा पत्रकारलाई हातपात गरेको आरोप
शुभकालिका गाउँपालिका–४ का २८ वर्षीय हिमालय टाइम्स दैनिक तथा तिलान्यूज अनलाइनमा कार्यरत पत्रकार विरेन्द्र आचार्यलाई जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्स्पेक्टर देवेन्द्र मल्लले हातपात तथा अभद्र व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।
समचार सङ्कलन गर्न जिल्ला भदौ २१ गते जिल्ला प्रहरी कार्यालय गएको समयमा प्रहरी इन्स्पेक्टर मल्लले अपशब्द बोलेको पत्रकार आचार्यले आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कालिकोटले भदौ २२ गते प्रेस विज्ञप्ति प्रकाशन गरी उक्त घटनाको निन्दा गरेको छ ।
महासङ्घ शाखाका कार्यवाहक अध्यक्ष मनिका वोराद्वारा हस्ताक्षररित विज्ञप्तिमा पत्रकार आचार्यलाई हातपात तथा अपमान जनक व्यवहार गर्ने इन्स्पेक्टर देवेन्द्र मल्ललार्ई कानुनी कारबाहीको लागि प्रमुख जिल्ला अधिकारी, डिएसपीसँग माग गरिएको छ ।
इन्स्पेक्टर मल्लले कार्यलयमा होहल्ला भएको सुनेर धकेलेको र पत्रकार भनेर जानकारी नभएको प्रतिक्रिया दिएका छन् । घटनका विषयमा कालिकोटका डिएसपी विनोद शर्माले आफू गाउँतिर रहेकाले सदरमुकाम फर्केपछि पत्रकारलाई कुटपिट गरेको घटनाका आरोपितलाई अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाइने बताएका छन् ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
एम्बुलेन्स चालकमाथि हातपात
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि हातपात गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते हातपात गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी…
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…