प्रहरीसँगको झडपमा दुई जना विद्यार्थी घाइते
लालबन्दी नगरपालिका–९ स्थित राजमार्ग रोडमा ट्रककको ठक्करबाट विद्यार्थीको मृत्यु भए पश्चात स्थानीय र विद्यार्थीद्वारा रिङ्गरोडमा गरिएको प्रदर्शनका क्रममा झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् ।
पुस ५ गते पूर्व–पश्चिम राजमार्ग स्थित लालबन्दी नगरपालिका–९, बस्तिपुरमा ना.३ ख ७९९० नम्बरको ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका–१ रतनपुरको जनज्योति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत १६ वर्षीय दीपेन्द्र यादवलाई ट्रकले ठक्कर दिएर मृत्यु भएको विरोधको क्रममा विद्यार्थी र प्रहरीबिच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद बुढाथोकीले बताउनु भयो ।
।
घाइते विद्यार्थीको टाउकोमा चोट र दाहिने गोडा भाँचिएका लालबन्दी नगरपालिका–२ का १५ वर्षीय रामकिशोर कुमार साह र दाहिने हातको औला तथा बाँया गोडामा चोट लागेका चन्द्रनगर गाउँपालिका–१ रतनपुरका १६ वर्षीय सिकिन्द्रकुमार यादवलाई लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार गरी थप उपचारका लागि वीरगंज लगिएको कक्षा ९ का विद्यार्थी चन्द्रकिशोर यादवले बताउनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…
रुपनीमा गरिएको पुनः निर्वाचन शान्तिपूर्ण सम्पन्न
रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित वडा कार्यालय भवनमा स्थगित भएको निर्वाचन जेठ २ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानस्थलमा १ हजार ५ सय २३ मतदाता रहेकोमा १ हजार…
धनकुटाको सहीदभूमि–६ मा मतदान सुरु
सहीदभूमि गाउँपालिका–६ मा स्थगित मतदान जेठ २ गतेबाट जारी छ । मतदान प्रक्रियामा नेकपा एमाले र गठवन्धनका प्रतिनिधिबिच वैशाख ३० गते विवाद भएपछि स्थगित भएको मतदान सहीदभूमि गाउँपालिका–६ मा सुरु…