प्रहरीले हिरासतमा यातना दिएको पीडित पक्षको आरोप
धरान उपमहानगरपालिका–१८ का २२ वर्षीय विदुर राईलाई प्रहरीले हिरासतमा यातना दिएको पीडित पक्षले आरोप लगाएको छ ।
पीडितकी ४० वर्षीया सानी आमा बविता राईले चैत २ गते राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरमा प्रहरीले हिरासतमा विदुरलाई यातना दिएको आरोपमा निवेदन दिएको आयोगकी प्रदेश प्रमुख नितु गड्तौलाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । उहाँले घटनाका विषयमा आयोगले जिल्ला प्रहरी कार्यालय सुनसरीको ध्यानाकर्षण गरेको बताउनु भएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवँरले विदुर राईलाई अनुसन्धानका लागि चैत १ गते गिरफ्तार गरेको भएपनि हिरासतभित्र यातना नदिएको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
डिएसपी कुवँरले विदुर राईविरूद्ध कुटपिट गरेको आरोपमा धरान उपमहानगरपालिका–११ का २४ वर्षीय नविन गुरुङले फागुन २७ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको बताउनु भयो ।
आरोपित राईविरूद्ध प्रहरीमा कुटपिट र कर्तव्य ज्यान शीर्षकमा उजुरी परेको डिएसपी कुवँरको भनाइ छ ।
आपसी विवाद क्रममा फागुन २७ गते विदुर राईले कुटपिट गरेको नविन गुरुङको आरोप छ ।
पीडित गुरुङले आरोपित विदुर राईविरूद्ध फागुन २७ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
विदुर राईको कुटपिटबाट सामान्य घाइते भएका गुरुङको फागुन २७ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार गरिएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँ माहानगरपालिका १४ कलङ्कीका २६ वर्षीय सुलभ क्षेत्री र सो घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका १८ वर्षीय प्रिन्स थपलिया र १९ वर्षीय रुस…
कथित बोक्सीको आरोपमा महिलामाथि कुटपिट
धर्मदेवी गाउँपालिका–२ तामाफोकी ३४ वर्षीया महिलालाई कथित बोक्सी आरोपमा कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ । कथित बोक्सी भन्दै महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले धर्मदेवी गाउँपालिका–२ का ३७ वर्षीय…
बलात्कार कसुरमा नौ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चक्रघटा गाउँपालिका–६ का ३२ वर्षीय विनोद मुखियालाई जिल्ला अदालत सर्लाहीले असार २० गते नौ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश टेकनाथ गौतमको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २१ गते)
असार २१ गते ७३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका पीडितलाई कानुनी प्रकृयामा लैजान इन्सेकको सहयोग
१७ वर्षीया एक बालिकालाई सामुहिक बलात्कार भएको घटनाका पीडितलाई कानुनी प्रकृयामा लैजान असार २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण…