प्रहरीले यातना दिएको भन्दै मानव अधिकार आयोगमा उजुरी
चौरजहारी नपा-२ का ३२ वर्षीय महेशकुमार आर्चायलाई प्रहरीले सामान्य विवादमा गिरफ्तार गरी यातना दिएको भन्दै पीडितका बुवा ५२ वर्षीय शरण आर्चायले राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जमा भदौ १६ गते उजुरी दिएका छन् ।
भाइभाइ बीचमा अंशसम्बन्धी छलफल हुँदा विवाद भएपछि इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरीले महेशलाई भदौ ६ गते गिरफ्तार गरी कुटपिट गरेको भन्दै उक्त घटनामा संलग्न प्रहरीलाई कानुनी कारबाहीको माग गर्दै आयोगमा उजुरी दिएको पीडितका बावुले बताएका छन् । पीडित पक्षले आयोगमा इमेलमार्फ उजुरी दर्ता गरेको पीडितका बावु शरणले बताए ।
प्रहरीले गिरफ्तार गरेपछि लट्ठीले पिट्दै, शरीरका कपडा खोलेर हिँडन लगाएको पीडितका बुवाले आरोप लगाएका छन् । जिल्लामा सबैसँग न्यायका लागि अनुरोध गरे, कसैले सहयोग नगरेपछि इलाका प्रहरी कार्यालय चौरजहारीका इञ्चार्ज इन्स्पेक्टर पुष्पकमल श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका डीएसपी रुपेश खड्कालाई कारबाहीको माग गर्दै आयोगमा उजुरी दर्ता गरेको उनले बताए ।
महेश जिल्ला प्रहरी कार्यालय रुकुमको हिरासतमा छन् । प्रहरीका अनुसार महेशले सार्वजनिक ठाउँमा आफन्तलाई कुटेकाले सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रुपेश खड्कासँग सम्पर्क हुन सकेन । केही समय यता जिल्ला प्रहरी कार्यालय रुकुमले आरोपितलाई हिरासतमा कुटपिट गर्ने तथा यातना दिने गरेको आरोपहरू बढेका छन् ।
आदर्श केसी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…