प्रहरीले बहुविवाहको उजुरी दर्ता गर्न नमानेको पीडितको गुनासो
अदानचुली गाउँपालिका–६ स्थित पाम्सकी २३ वर्षीया सर्मिला बुढाले दिएको बहुविवाहको उजुरी प्रहरीले दर्ता गर्न नमानेको पीडितले गुनासो गर्नु भएको छ । २३ वर्षीय पती धर्मजित बुढाले ०७९ चैत ३ गते अर्को विवाह गरेको भन्दै गत चैत २७ गतेदेखि बैशाख ३ गतेसम्म नियमित उजुरी लिएर जिल्ला प्रहरी कार्यालय हुम्लामा गए पनि उजुरी दर्ता गर्न नमानेको पीडित बुढाले आरोप लगाउनु भएको छ ।
उजुरी दर्ताका लागि प्रहरीलाई अनुरोध गर्दा पनि विभिन्न बाहाना बनाएर दैनिक दिन फर्काउने गरेको इन्सेक प्रतिनिधिलाई बताउनु भएको हो । बहुविवाहका आरोपित हाल काठमाण्डौँमा बस्दै आएको र उनलाई नियन्त्रणमा लिनका लागि उजुरी गरेको भए पनि प्रहरीले सुनुवाई नगरेको पीडित पक्षले आरोप लगाएको छ ।
सो विषयमा प्रहरीलाई बुझ्दा स्थानीय तहका जनप्रतिनिधिले बहुविवाह गरेको भनेर प्रहरी मुचुल्कामा तथ्यपुरक पत्र आएपछि मात्रै मुद्दा दर्ता हुन्छ मुद्दा फाटका प्रहरी हवल्दार यमबहादुर वलीले बताउनु भएको छ तर अदानचुली गाउँपालिका–६ का वडाअध्यक्ष विर्षबहादुर बुढा लगायतका गाउँका जानमानले प्रहरीले बुझेको पत्रमा विवाह गरेको हैन भनेपछि प्रहरीले उजुरी मुद्दा दर्ता गर्न नमानेको पीडित महिलाले आरोप लगाउनु भएको छ ।
सो विषयमा इन्सेक जिल्ला प्रतिनिधीले वडाध्यक्ष बुढालाई बुझ्दा आफुले सो कुरा नभनेर आरोपितले विवाह गरेकै हो तर घरमा ल्याएको छैन भनेको जानकारी दिनु भएको छ । प्रहरीमा उजुरी मुद्दा दर्ता नभएपछि महिला झन थप पीडामा परेको महसुस गर्दै घर फर्कनु परेको पीडितका बुवा धनराज बुढाले बताउनु भएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…