प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप
याङवरक गाउँपालिका–३ स्थायी घर भई फिदिम नगरपालिका – १ मा बस्दै आउनु भएका २२ वर्षीय पारस योङ्याले प्रहरीले वैशाख २३ गते कुटपिट गरेको गरेको आरोप लगाउनु भएको छ ।
फिदिम बजारस्थित प्रहरी कार्यालय नजिकै सई मनिचन्द्र चौधरीले वैशाख २३ गते कुटपिट गरेको आरोप पीडित पक्षको छ ।
कुटपिटबाट निलडाम र कानमा चोट लागेको पीडितले बताउनुभयो । कुटपिट गर्ने प्रहरी विरूद्व उजुरी दिने तयारी गरिएको ट्रयाक्टर धनी धनप्रकाश खवासले जानकारी दिनुभयो । पीडित पेशाले ट्रयाक्टर चालक हो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोमनराज अर्यालले भने प्रहरीले कुटपिट नगरेको र राति हिँडिरहेकाहरूलाई सम्झाई–बुझाई गर्ने क्रममा सामान्य घटना भएको बताउनुभयो ।
घटनाका प्रत्यक्षदर्शी पत्रकार कविन्द्र शेर्मालाई आरोपित प्रहरी हवल्दार चौधरीले गाली गलौज गर्नुका साथै मार्ने धम्की दिएको पीडित शेर्माले बताउनुभयो । “बजारमा होलल्ला भएपछि बाहिर निस्किएको थिएँ”– उहाँले भन्नुभयो “मलाई नै पत्रकार कुट्छु भन्दै गाली लगौज गरें । घटनाको विषयमा इन्सेक जिल्ला प्रतिनिधिसहितका पत्रकारहरूसँग वैशाख २४ गते जिल्ला प्रहरी कार्यालयका भएको छलफलमा डिएसपी सिद्धराज न्यौपाले घटनाको अनुसन्धान गरी दोषी देखिएमा कारबाही गर्ने प्रतिवद्धता जनाउनु भयो । “घटना व्यक्तिगत नभई सिङ्गो पत्रकारिता क्षेत्रसँग जोडिएकाले म कार्यालय प्रमुखको हैसियतले माफी माग्छु” – उहाँले भन्नु भयो– “म मातहतका जो कोही कर्मचारीबाट यस्ता घटना भएको भए अनुसन्धान गरी विभागीय कारबाही गर्नेछु ।”
कोरोना सङ्क्रमणको रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको अनुगमन गर्न निस्कने प्रहरीको गस्तीले सर्वसाधारणलाई कुटपिट गर्ने गरेको समुदायले गुनासो गर्ने गरेका छन् ।
मङ्गल वेघा
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…