प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप, कुटपिटबाट चार जना घाइते
मादी नगरपालिका–५ का श्याम शेर्पा, दावाछत्र शेर्पा, फुर्वा शेर्पा र पासाङ शेर्पालाई प्रहरीले जेठ २ गते राति निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
मादी नगरपालिका–५ स्थित मादी नगरपालिकाको मतगणनास्थलमा जेठ २ गते राति खाना खाएर गइरहेको अवस्थामा १२÷१३ जनाको सङ्ख्यामा रहेका प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
मादी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट गठवन्धनका मेयर पदका उम्मेदवार दावाछत्र शेर्पासहित श्याम, फूर्वा र पासाङलाई प्रहरीले कुटपिट गरेको आरोप पीडित पक्षको छ ।
खाना खाएर मतगणनास्थलतर्फ गइरहेको अवस्थामा नेकपा एमालेका कार्यकर्ताले कांग्रेस विरोध नारा न लगाएपछि सोधपुछ गर्ने क्रममा प्रहरीले कुटपिट गरेको दावाछत्र शेर्पाले बताउनु भयो ।
दावाछत्रले प्रहरीले घरमा गएर पत्नी र छोरालाई समेत कुटपिट गरेको आरोप लगाउनु भएको छ ।
प्रहरीको कुटपिटबाट श्याम शेर्पाको टाउकोमा चोट र हात भाँचिएकाले उपचारका लागि जेठ ३ गते काठमाण्डौँ लगिएको छ ।
अन्य घाइतेको उपचार स्थानीय मेडिकलमा गरिएको नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव डम्वर बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
घटनाको विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदी, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा सदरमुकाम खाँदबारीबाट मादीतर्फ जानु भएको छ ।
डिएसपी सुवेदीका अनुसार प्रहरीले उम्मेदवार माथि कुटपिट गरेको भएपनि प्रहरीले मादक पदार्थ सेवन गरी कुटपिट गरेको विषयलाई अस्वीकार गर्नु भएको छ ।
मादी नगरपालिका–५ का स्थानीयले भने प्रहरीले मादक पदार्थ सेवन गरी कुटपिट गरेको आरोप लगाएका छन् ।
भविन कार्की
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिकी कष्टकर
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । ३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।…
जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र…