प्रहरीले कुटपिट गरेको घटनाको उजुरी जिल्ला प्रहरी कार्यालयले दर्ता नगरेको पीडित पक्षको आरोप
छाँयानाथ रारा नपा-७ की २३ वर्षीया पुनीता शाहीलाई जेठ २१ गते रारा विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी यामलाल अधिकारी र सुनिता नगरकोटीले कुटपिट गरेको घटना सम्बन्धमा पीडितले सोही दिन साँझ जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी प्रहरीले दर्ता नगरेको पीडित पक्षले आरोप लगाएको छ ।
दुबै प्रहरीले आफूलाई कपाल लुछ्दै दाउराले कुटपिट गरेपछि न्यायका लागि जेठ २१ गते जिल्ला प्रहरी कार्यालय पुगेको पीडितले बताइन् । प्रहरीको कुटपिटबाट टाउको, ढाड र छातीमा चोट लागेकी पीडित महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
छिमेकी विद्या मल्लसँग जेठ २० गते घरायसी झगडा भएकोमा आफन्त र अन्य गाँउलेको आग्रहमा जेठ २१ गते पुनीता र विद्याले प्रहरी चौकी पिनामा मिलापत्र गरेका थिए ।
मिलापत्र भएको घटनाका विषयमा यामलाल र सुनिताले पीडितको घर आँगनमा कुटपिट गरेको पीडितका आफन्त कर्ण जङ् शाहीले आरोप लगाए ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शारदाप्रसाद चौधरीले बताए ।
घटनामा संलग्न भनिएका दुवै जना प्रहरी र पीडित पक्षलाई बोलाई सोधपुछ गरी छलफल गर्ने र बिनाकारण प्रहरीले कुटपिट गरेको भए आवश्यक कारबाही गर्ने डिएसपी चौधरीले आश्वासन दिए ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…